Amargadhi Post

पानी पर्नासाथ सडक अबरुद्ध हुने आर्दश र सायल पालिकाका स्थानीयहरु सास्ती भोग्दै ?

मानबहादुर साँउद
डोटी(आर्दश)असोज २ गते । दिपायल आर्दश सायल हुदै बझाङको चैनपुर जोड्ने महत्पुर्ण सडक खण्ड ( फास्ट ट्रयाक) पानी पर्नासाथ सडक अबरुद्ध हुने समस्याले स्थानीयहरु निकै सास्ती भोगीरहेका छन ।
सरकारको प्राथमिकतामा परेको राष्ट्रिय गौरबको आयोजना दिपायल खुटिया हुदै बझाङको चैनपुर ताक्लाकोट जोड्ने सडक खण्डको हबिगतमा कुनै निकाय जिम्मेवार नदेखिएको आभास भएको छ । भदौं ३१ राती परेको अबिरल बर्षाले ठाँउ ठाँउमा पहिरो आएर सडक अबरुद्ध बन्यो तर समयमै बाटो सुचारु हुन नसक्दा बिरामी देखि टाढा सम्म जानुपर्ने मान्छेहरु बिच बाटोमै अलपत्र परेका थिए ।
बाटो खुलाउन झण्डै एक दिन लाग्यो त्यो बेला सम्म बिरामीहरु स्टेचरमा बोकेर दिपायल अस्पतालमा पुयाईसकेका थिए धन्य केही भएन अस्पतालमा उपचार गराउन सफल भए यस्तो दर्दनाक अबस्था कहिले सम्म झेल्ने यहाँका बासिन्दाहरुले यो जनजनको प्रश्न हो ।


गत बर्ष मात्रै दिपायल आर्दश सायल गाँउपालिका जोडने फासट्रयाक सडक सडक तिन बर्ष लगाएर झण्डै २० किलोमिटर कालोपत्रेको काम सम्पन्न भयो तर पानी पर्नासाथ ठाँउ ठाँउमा पहिरो खसेर सडक अबरुद्ध हुने समस्याले स्थानियहरु कहिले सम्म यस्तो सास्ती भोगीरहने हुन ।
कालोपत्रे सडक त बन्यो तर ठाँउ ठाँउमा पहिरो आएर सडक नै भत्किन थालेको छ यो कस्तो फास्ट ट्रयाक सडक हो आफुले बुझ्न नसकेको स्थानीय इन्द्रबहादुर खड्काल्े भने— पानी पर्ने बितिक्कै सडकमा पहिरो आँउछ तर समयमै खुलाउन नसक्दा सास्ती भोग्नु परिरहेको यर्थातता कसले बुझिदिने उनको प्रश्न थियो ।
सडक कालोपत्रे भएको छ तर पहिरो आउने ठाँउमा वाल लागेका छैनन होम पाईपहरु छैनन र नाली ब्यबस्थित छैनन त्यसकै फलस्वरुप यो समस्या आईरहेको उनको गुनासो थियो । उक्त सडक खण्ड अन्र्तगत सबैभन्दा बढी पहिरो आएर सडक अबरुद्ध हुने धिउडेखोलामा हेबी वाल नबन्दा सम्म यो समस्या रोकिनेवाला छैन स्थानीयबासी खड्काको भनाई थियो । पानी पर्ने बितिक्कै पहिरो खस्ने समस्याले सडक अबरुद्ध त हुन्छ नै तर सडकमा गुडीरहेका सवारी साधन या हिडडुल गरिरहेका स्थानीयहरु कतिबेला पहिरोको जोखिम भोग्नुपर्ने अबस्था रहेको अर्का स्थानीय तथा समाजिक अभियान्ता तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो— दुई पालिकाको एक मात्रै सडक खण्ड हो यो बिग्रीने र भत्किने भएपछि स्थानीयले निकै सास्ती भोग्नुपर्छ । सडक निर्माण हुदाँ थुप्रै समस्याहरु देखिएका छन यसमा कुनै पनि निकाय जिम्मेवार नदेखिदा पानी पर्ना साथ सडकमा पहिरो आउने समस्या भोग्नु परिरहेको छ उहाँले भन्नुभयो— सडकमा नाली देखि वालहरु ब्यबस्थित छैनन त्यसैले पहिरोको जोखिम भोग्नुपरिरहेको छ ।
पानी पर्ना साथ घर छोड्नुपर्ने र खुल्ला चौरमा बसेर रात बिताउनुपर्ने पिडा स्थानीय ७१ बर्षिय बृद्ध पुरन खड्काको छ । सडक संगैं जोडिएको घर जग्गा छ तर सडकमा होमपाईप नहुदाँ नालीको पानीले घरजग्गामा क्षती पु¥याईरहेको उनको गुनासो छ ।


पटक पटक स्थानीय पालिका देखि निर्माण कम्पनी सँग आग्रह गर्दा सुनुवाई नभएको गुनासो राख्दै उनले भने होम पाईप नहुदा समस्या झेल्नु परेको छ मेरो अवाज सम्बन्धित ठाँउमा पु¥याई दिन आग्रह गर्नुभयो ।
महत्वपुर्ण सडक खण्डको त यो हबिगत छ भने अन्य शाखा सडकहरुको के हालत होला सहजै अनुमान गर्न सकिन्छ । उता यो सडक निर्माण गर्ने सेबी जेनिला कन्ट्रकशनका प्रोपाईटर भानु बोहराले सडकमा केही समस्या रहेको स्विकार गर्नुहुदै इष्टिमेट अनुसार काम सम्पन्न भएको बताउनु हुन्छ । इष्टीमेट अनुसार सडक निर्माण भएको छ,पहाडका सडकमा पहिरो आउने समस्या कुनै नौलो नभएको बताउनुहुदै बोहराले एक बर्षको अबधीमा पुनः मर्मत गरेर सडक संचालन गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
कहिले काँही सडक अबरुद्ध हुदाँ सुचारु गर्न केही समय ढिलाई हुने बितिक्कै स्थानीयको खप्की खानुपरिरहेको पिडा सुनाउनु हुदै बोहराले सडक निर्माण हुदाँ केही प्राबिधिक तृटीहरु र अभाबहरु देखिएको स्विकार्नु भयो ।
मुख्यतया घिउडेखोलामा आउने पहिरोले समग्र सडक अबरुद्ध हुने अबस्था छ बोहराले भने — त्यो खोलामा पहिरो नियन्त्ररणका लागी आबश्यक वालहरु दिनुपर्नै अबस्था छ त्यसका लागी सबैको सामुहिक पहल हुनुपर्ने बताउनुभयो । उता सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीले सडक निर्माण गर्दा केही प्राबिधिक समस्याहरु देखिएका छन त्यसलाई समाधान गर्न पट्टी लाग्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो— यो सडक बन्द हुने बितिक्कै दुई पालिकाका हजारौं स्थानीयहरुले सास्ती खेप्नुपर्ने अबस्थाको अन्त गर्नुपर्ने छ ।


यो सडक खण्ड दुईपालिकामा मात्रै सिमित छैन यो बझाङको चैनपुर हुदै चिनसंग जोडिएको सिमा क्षेत्र ताक्लाकोट पुग्ने महत्वपुर्ण सडकखण्ड हो यसमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।