अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन ५ गते । नेकपा एमालेका नेता एबम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुराका उम्मेदवार चक्रप्रसाद स्नेहीले आफ्नो पाँच वर्षे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन । ‘सबल र सक्षम नेतृत्वको पहिचान, समृद्ध डडेल्धुराका लागि सूर्य चिह्नमा मतदान’ भन्ने नारा सहित मतदाताहरुसँग सहयोगको अपिल गरेका छन । प्रतिबद्धतापत्र मार्फत स्नेहीले वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्नुहुदै सचेत मतदाताको निर्णयले देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । चार बर्ष राष्ट्रियसभा सदस्यको जिम्मेवारी निर्बाह गरेका स्नेहीले जिल्लाको समग्र बिकास र समृद्ध जिल्ला निर्माणमा आफ्नो भुमिका शशक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन । देशका लागि कानून निर्माण, सरकारका कामकारबाहीमाथि निगरानी, नीति तथा बजेट निर्माणमा सक्रिय भूमिका, शिक्षा,स्वास्थ्य सुधार, रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, कृषि, जलस्रोत, जडीबुटी र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने गरि अघि बढ्ने उहाको प्रतिबद्धता छ ।
साथै संसदीय कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने योजना पनि अघि सारेका छन । डडेल्धुराको विकासतर्फ सडक, पुल, खानेपानी, सिंचाइ, विद्युत, सञ्चार तथा एकीकृत नमुना बस्ती निर्माण गर्ने, प्रविधिमैत्री विद्यालय विकास गर्ने, डडेल्धुरा अस्पताल स्तरोन्नति गरी मेडिकल कलेज सञ्चालनका लागि पहल गर्ने र पालिका तहमा आधारभूत अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका छन ।
त्यस्तै बाढीपहिरो, मुक्त हलिका समस्या,भूमिहिन समस्या, वातावरण संरक्षण र बसाइँसराइ जस्ता स्थानीय समस्याको समाधान, जिल्लाका गौरवका योजनामा संघीय बजेट सुनिश्चित गर्ने, केन्द्र, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउने तथा खेलकुद पूर्वाधार र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समेत उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । स्नेहीले आफू जनताको आवाज बन्ने, नियमित भेटघाट तथा सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, महिला, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति तथा युवाका मुद्दा सम्बोधन गर्ने र सीप विकास तथा उद्यमशीलतामार्फत रोजगारी प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
संविधानको रक्षा, विधिको शासन, सुशासन, पारदर्शिता, लोकतन्त्र सुदृढीकरण तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयलाई समेत उनले आफ्नो राजनीतिक तथा नैतिक जिम्मेवारीका रूपमा अघि सारेका छन । यो निर्बाचन सम्बेदशिल अबस्थामा भईरहेको छ देश निर्माण गर्ने पक्ष की देश खरानी बनाउने पक्ष रोज्ने मतदाताहरुले बिबेक प्रयोग गर्नुहुनेछ भन्ने बिश्वास ब्यक्त गदर्छु,स्नेहीले भन्नुभएको छ । देश संकटपुर्ण अबस्थामा छ,लोकतन्त्र खतरामा छ सबिधानको रक्षा गर्नु आजको आबश्यकता हो त्यसैले देश निर्माण गर्ने पार्टी र उम्मेदवारलाई मतदान गरेर बिजयी गराउनुहुने छ भन्ने बिश्वास िलएका छौं स्नेहीले भने ।



