Amargadhi Post

डडेल्धुराको अमरगढी ६ का स्थानीयबासीद्धारा चुनाब बहिष्कारको निर्णय

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन ८ गते । डडेल्धुराको अमरगढी नगरपालिका ६ दुमडा र छचोडाका स्थानियबासिन्दाहरुले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन । अमरगढी नगरपालिका डडेल्धुराले फोहर ब्यबस्थापनका लागी डम्पीङ साईड निर्माण गर्न थालेपछि लामो समय देखि संर्घषमा रहेका स्थानीयबासीहरुले आफ्ना मागहरुको सुनुवाई नभएकाले चुनाब बहिष्कार गर्ने घोषणा गर्दे आन्दोलित भएका हुन । अमरगढी नगरपालिका वडा नं. ०६ का स्थानीयवासीहरुले गाउको नजिक फोहर ब्यबस्थापन गर्न नहुने भन्दै पानीका मुहान देखि सडक बाटो हिड्न समेत अपठेरो हुन भएकाले यस्तो निर्णय नगर्न नगरपालिका आग्रह गरेपनि सुनुवाई नभएको भन्दैं फोहर ब्यबस्थापन बिरुद्धको संर्घष समितिले बिहिबार भेला बसेर उक्त निर्णय गरेको बताईएको छ ।
संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा उक्त क्षेत्रमा “कागजी खेती” गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई झुक्याएको र अहिले फोहर ब्यबस्थापनका लागी प्रक्रिया अगाढी बढाउन थालेपछि स्थानीयहरु संर्घषमा उत्रिएका हुन ।
नगरपालिकाले वास्तविक कुरालाई लुकाएर जनतालाई भ्रममा पारेर फोहर ब्यबस्थापन गरेर बाताबरणीय प्रभाबको मुल्याकन समेत नगरि हचुवाका भरमा गरेको निर्णयले आफुहरुलाइ्र्र अन्याय भएको भन्दै उनीहरुले प्रतिनिधी सभाको चुनाब बहिष्कार गरेर आन्दोलनको थालनी गरेका छन । फोहर विरुद्ध संघर्ष समितिका अध्यक्ष गङ्गा ताम्राकारले स्थानीयवासीको भावना विपरीत निर्णय गर्न खोजिएको भन्दै निर्वाचन बहिष्कार गर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनु भएको छ ।
नगरपालिकाले सुरुमा कागजी खेती गर्ने भनेर जनतालाई विश्वास दिलायो अहिले आएर फोहर व्यवस्थापन केन्द्र बनाउने योजना अघि सार्यो त्यसैले बिरोध स्वरुप गाँउभरीले निर्बाचनमा भाग नलिने निर्णयमा पुग्यौं ताम्राकारले भने । अमरगढी–०६ अन्तर्गत भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नभएको उहाँले दाबी गर्नुभयो । उक्त क्षेत्र आसपास खानेपानीका मुहान, सिँचाइका स्रोत, विद्यालय जाने बाटो तथा बस्ती नजिकै रहेकाले वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ । स्थानीयले फोहर व्यवस्थापन केन्द्र स्थापना भएमा जनस्वास्थ्य, बालबालिकाको शिक्षा तथा दैनिक जीवनमा गम्भीर असर पर्ने स्थानीयबासी जितराज भट्टले जानकारी दिनु्भयो । स्थानीयवासीले पटक पटक विरोध कार्यक्रम छलफल तथा ध्यानाकर्षण गराउने प्रयास गरेपनि नगरपालिकाबाट सकारात्मक प्रतिकृया नआएको गुनासो गरेका छन । बरु नगरपालिकाले निर्णय कार्यान्वयनका लागि हस्तक्षेपकारी शैली अपनाएको आरोप समेत लगाइएको छ । बिहीबार आयोजित घोषण सभामा करिब ३०० भन्दा बढी स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।