लक्ष्मी ऐर (रेडियो नेपाल सम्बाददाता )
डडेल्धुरा,फागुन २२ गते । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचन मतगणनाको तयारीका लागि सर्वदलीय बैठक बिहान ८ बजे बोलाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जारी गरेको सूचना अनुसार ८ बजे सर्बदलिय बैठक बसेर मतगणना सुरु हुने जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतगणना सम्बन्धी छलफलका लागि राजनीतिक दल तथा सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरिएको मुख्य निर्बाचन अधिकृत अरुणकुमार कोईरालाले जानकारी दिनुभएको छ ।
डडेल्धुरामा कुल मत मध्ये ४९.०८ प्रतिशत खसेको छ । जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको छ । जसमा महिला २५हजार ३१३ र पुरुष २०५९६ रहेका छन । १४२ वटा मतदानकेन्द्र रहेकोे जिल्लामा सबै मतदानकेन्द्रमा शाीन्तपुर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

