Amargadhi Post

माउन्टेन इङ्लिस बोर्डिङ डडेल्धुराले भब्यताका साथ मनायो बार्षिक उत्सब

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन ३० गते । डडेल्धुरा जिल्लाको अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित माउन्टेन इङ्लिस बोर्डिङ डडेल्धुरा भब्यताका साथ आफ्नो बार्षिक उत्सब मनाएको छ । बार्षिक उत्सबको क्रममा शनिबार उक्त स्कुलले आप्mनै प्रागणमा बृहत कलाकौशल तथा बिज्ञान प्रर्दशनी,फुट फेष्टीबल र साँस्कृतिक कार्यक्रमको आयोजना गर्दे सम्पन्न गरेको छ । उक्त बार्षिक उत्सब कार्यक्रमको एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो ।
राज्यमन्त्री खड्काले बालबालिकालाई गुणस्तर शिक्षा संगैं संस्कारयुक्त बनाउन सके मात्रै देश समाज परिबर्तन हुने बताउनुभयो । ‘कला–कौशल तथा विज्ञान प्रदर्शनी, फुड फेस्टिवल र सांस्कृतिक कार्यक्रम’मा बोल्दै उहाँले अहिले टेक्नोलोजीले माग गरे बमोजिमको शिक्षा दिन सके मात्रै बालबालकिाको भबिश्य निर्धारण हुने बताउनुभयो । बालबालिकाको भबिश्य बन्नु स्वयम अभिभाबकको भबिश्य बन्नु हो त्यसपछि देशको बिकास हुन्छ मन्त्री खड्काले भनिन बालबालिकालाई घरायसी तथा दैनिक भान्सासम्म प्रयोग हुने र व्यवहारिक काम लाग्ने कुराहरू सिकाइँदै आएको देख्दा आफूलाई निकै राम्रो लागेको बताइन् ।

यस्ता गतिविधिलाई आगामी दिनमा अझ प्रवद्र्धन गर्न केही गर्नुपर्ने महसुस भएको पनि उनले उल्लेख गरिन् । प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग रहने उनको भनाइ थियो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विज्ञान सम्बन्धी परियोजना र प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारसहित फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । फुड फेस्टिवलमा विद्यार्थीले स्थानीय तथा आधुनिक परिकार तयार पारेका थिए । विद्यालयका प्रधानाध्यापक महेश महराले विद्यालयले विद्यार्थीलाई अनुशासन मात्र नभई दैनिक जीवनमा काम लाग्ने व्यावहारिक तथा वैज्ञानिक ज्ञान पनि सिकाइरहेको बताउनुभयो ।

यस्ता कार्यक्रममार्फत विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक सीप दक्षता अभिबृद्धि हुने बिश्वास ब्यक्त गर्नुभयो । स्कुल ब्यबस्थापक समितिका अध्यक्ष इश्वरीदत्त जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माननिय जिल्ला न्यायधिस अरुण कुमार कोईराला,जिल्ला समन्वय समितिका प्रमुख गगनसिह भण्डारी,अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्याय,जिल्ला अदालत डडेल्धुराका श्रेस्तेदार गणेशबहादुर बिष्ट,परिक्षा बोर्ड धनगढीका प्रमुख महेन्द्र पाण्डेय,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका उपाध्यक्ष मानबहादुर साँउद,बिभिन्न बिद्यालयका प्रमुख तथा प्रतिनिधीहरु र अभिभाबकहरुको उल्लेखय उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट बिद्यार्थि,अभिभाबक र शिक्षक कर्मचारीहरुलाई सम्मान सहित पुरुष्कार समेत बितरण गरिएको थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।