Amargadhi Post

डडेल्धुरा अस्पतालले खोलेको एक्सरे मेसिन टेण्डर प्रक्रिया रद्ध

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत १० गते । सुदुरपश्चिमको एकमात्रै संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा एक्सरे मेसिन खरिदका लागी आह्वान गरिएको टेण्डर प्रक्रिया रद्ध भएको छ ।
डडेल्धुरा अस्पतालले एक राष्टिय दैनिक पत्रिकामा सुचना जारी गर्दे एक्सरे मेसिन खरिद प्रक्रिया रद्ध भएको जानकारी दिएको छ । डडेल्धुरा अस्पतालमा झण्डै ९ महिनादेखि बिग्रेको एक्सरे मेसिन मर्मत हुन नसक्दा चार महिना अघि टेण्डर प्रक्रियामा गएको थियो ।
टेण्डर प्रक्रियामा दुईवटा सप्लार्यस फर्महरु सहभागी भएपनि स्पेशीफिकेशन नपुगेको भन्दै अस्पतालले रद्ध गरेको छ । ठुलो एक्सरे मेसिन बिग्रीदा अस्पतालमा एक्सरे सेवा प्रभाबित भएको ९ महिना बितिसकेको छ तर पाउन सकेका छैनन ।
डडेल्धुरा अस्पतालका प्रमुख मेसु डा सुधा देवकोटाले “एक्सरे मेसिन खरिद प्रक्रियामा थुप्रै चुनौती रहेको बताउनुहुदै सप्लार्यस फर्महरुको स्पेशिफिकेशन नपुगेपछि रद्ध गरिएको बताईएको छ ।
एकातिर अस्पतालमा बायो मेडिकल इन्जिनियर नहुँदा टेण्डर प्रक्रियाका थप समसया झेल्नु परिरहेको छ भने अर्काे तिर संघीय सरकारले समयमै खरिदका लागि बजेट विनियोजन नहुदा थप समस्या झेल्नु परेको डा.देबकोटाको भनाई थियो ।
एक्सरे मेसिन खरिदका लागी टेण्डर आह्वान गरियो झण्डै तिन महिना पछि प्राबिधिक रुपमा टेण्डर रद्ध गर्नुपर्ने अबस्था सिर्जना भयो डा.देबकोटाले भन्नुभयो अब सोझै खरिद गर्नका लागी आबश्यक प्रक्रिया अगाढी बढाउने तयारी रहेको छ । अहिले सामान्य प्रकारको एक्सरे सेवा अस्पतालबाट प्रदान भइरहेकोमा ढाड, कम्मर ,घाँटी लगायत जटिल खालका समस्याहरूका लागि भने तराईका जिल्ला धाउनु पर्ने बाध्यता आईलागेको छ ।
दिनहु जसा बिरामीहरु एक्सरे मेसिनको अभाबमा धनगढी लगायत भारतका बिभिन्न सहरहरुमा उपचार गराउनुपर्ने अबस्था सिर्जना भएको छ स्थानीय रमेश बोहराले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।