Amargadhi Post

दार्चुलाको घट्टेखोलामा गरे हर्क साम्पाङले झोलुङ्गे पुल शिलान्यास

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत,२५ गते । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर झोलुङ्गे पुलको शिलान्यास गरेका छन्। उनले व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा पुल निर्माणको औपचारिक सुरुवात गरेका हुन्। नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएको हो। साम्पाङको टोलीले श्रमदानमार्फत नै पुल निर्माण गर्ने योजना अघि सारेको जनाएको छ।

 व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार महाकाली नदीभन्दा केही सय मिटर टाढा रहेको आन्तरिक खोलामा पुल निर्माण गर्न लागिएको हो। उक्त स्थानमा यसअघि काठे पुल रहेको बताइएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।