Amargadhi Post

डडेल्धुरामा खैरो हेरोइन सहित एक जना पक्राउ

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत २५ गते । डडेल्धुराबाट खैरो हेरोइनसहित बैतडीका एक जना पक्राउ परेका छन । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन ९३० मिलिग्राम सहित बैतडीको दोगडाकेदार गाउँपालिका–७ बस्ने ३४ वर्षीय बिरेन्द्र सिंह कार्कीलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताईएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।