Amargadhi Post

मुख्यमन्त्री कमल शाहद्धारा प्रादेशिक जोगबुढा अस्पतालको उद्घाटन

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख २४ गते । डडेल्धुरा जिल्लाको भित्रीमद्येश क्षेत्रमा स्थापना भएको प्रादेशिक जोगबुढा अस्पतालको एक औपचारिक कार्यक्रमका बिच बिहिबार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभएको छ ।
परशुराम नगरपालिका स्थित जोगबुढा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि मुख्यमन्त्री शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो । मुख्यतया जनताको स्वास्थ्य सेवालाई मध्यनजर गरेर प्रदेश सरकारले जोगबुढा अस्पतालाई ५० शैयाको अस्पतालमा परिणत गरेर स्वास्थ्य सेवा प्रभाबकारी बनाउने गरि अघि बढ्ने बताउनुभयो ।
अस्पताल जस्तो क्षेत्रलाई राजनितिबाट मुक्त गरेर जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भएर काम गर्नुपर्नेमा सबैसरोकारवाला पक्षहरुको समन्वय सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री शाहले जोडदिनुभयो । भित्रीमद्येश क्षेत्रको जनघनत्वको चापलाई मध्यनजर गरेर अस्पतालको बृद्धि बिकास भएको बताउनुहुदै उहाँले अस्पतालको भौतिक संरचना सगैं स्वास्थ्य सेवाको गुणस्तरमा समेत ध्यान दिईने बताउनुभयो ।


कार्यक्रममा सुदुरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री हेमराज खड्काले अस्पतालको स्तरोन्नती सगैं सेवा प्रबाहलाई प्रभाबकारी बनाउने गरि मन्त्रालयले योजना अघि सारिरहेको बताउनुभयो । सुदुरपश्चिम प्रदेश सरकारले चारवटा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गरेको बताउनुहुदै जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सहज र ब्यबस्थित बनाउन यस्तो कदम चालिएको बताउनुभयो ।

अस्पताल बिकास समितिका अध्यक्ष कैलसिह धामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजिक बिकास राज्यमन्त्री सरस्वती खड्का,समाजिक बिकास मन्त्रालयका सचिब डा.हेमराज रेग्मी परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी,नेकपाका नेता शेरसिह माल (डायमण्ड),लगायतका ब्यक्तिहरुले अस्पतालको भौतिक अबस्था,कर्मचारी दरबन्दी र अस्पतालको सेवा प्रभाहका बिषयमा सुझाब सल्लाह सहितको शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा सरोकारवाला निकाय,स्थानीय राजनितिक दल,जनप्रतिनिधीहरु स्वास्थ्य कर्मचारी सहितको सहभागिता रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।