Amargadhi Post

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्डको बिजेता बन्यो कैलाली उपबिजेता कञ्चनपुर

लक्ष्मी ऐर 
डडेल्धुरा,जेठ १६ गते । सुदूरपश्चिम स्तरिय राष्ट्रपति रनिङ शिल्डको प्रमुख बिजेता कैलाली बनेको छ । कैलालीले ३२ गोल्ड १७ रजत ९ काश्य पदक सहित ५८ पदक ल्याएर पहिलो बिजेता बनेको छ । डडेल्धुरामा आयोजना भएको १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार सम्पन्न उक्त प्रतियोगिताको दोश्रो बिजेता कञ्चनपुर र तेश्रो बिजेता डडेल्धुरा बनेको हो ।
तिन दिन देखि जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उप बिजेता बनेको कञ्चनपुरले १७ गोल्डमेडल, १३ रजत र १३ काष्य पदक गरि कुल ४३ पदक लिन सफल बनेको थियो । यसैगरी डडेल्धुराले ६ गोल्डमेडल,७ रजत १७ काष्य पदक गरि ३० पदक हात पार्दे तेश्रो बिजेता बनेको छ । यसैगरी बैतडीले ६ गोल्ड, ७ रजत १३ काष्य पदक लिएको छ । यसैगरी दार्चुलाले ३ गोल्ड २ रजत ७ काष्य पदक प्राप्त गरेको छ । यसैगरी बझाङले २ गोल्ड १ रजत ६ काष्य पदक लिएको छ । यसैगरी बाजुरा जिल्लाले ११ रजत १५ काष्य पदक ल्याएको छ । यसैगरी डोटीले ४ रजत १२ काष्य पदक ल्याएको छ ।


अछाम ४ रजत ८ काष्य पदक ल्याएको छ । प्रतियोगितामा बेला बेलामा बर्षात हुन थालेपछि खेल प्रभाबित बनेपनि दर्शहरुको निकै घुईचो लागेको थियो । बिजेता खेलाडीहरुलाई सम्मान सहित प्रमाणपत्र बितरण गरिएको थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री मेघराज खड्काले गर्नुभएको थियो भने प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथी समाजिक बिकास राज्यमन्त्री सरस्वती खड्का रहनु भएको थियो ।


खेलमा सुदुरका ९ वटै जिल्लाको टिम सहभागी रहेको जनाएको छ । प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स लगायतका खेलहरु बिच निकै प्रतिस्पर्धा भएको खेलकुद बिकास समिति डडेल्धुराका प्रमुख डम्बर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।