Amargadhi Post

डडेल्धुरामा बेपत्ता शशस्त्र प्रहरी जवान सहित दुईको शब फेला

लक्ष्मी ऐर 
डडेल्धुरा,जेठ १८ गते । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना बेपत्ताको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका थिए ।
शुक्रबारदेखि उनीहरू सम्पर्कविहीन भएका थिए तर आज दुबै जनाको शब महाकाली नदीमा फेला परेको छ । शशस्त्र प्रहरी जवान बह्मदेब महाकाली नदी किनारमा शब भेटिएको छ भने अर्का ५६ बर्षिय तिर्थबहादुरको शब परशुराम नगरपालिका वडा नं.५ कलपठेथान नजिकै महाकाली किनारमा तैरिएको अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बेपत्ता व्यक्तिहरूको ब्यापक खोजी कार्यपछि बल्ल आज दुबैको शब फेला परेको जानकारी दिनुभएको छ । शशस्त्र प्रहरी जवान थापाको कञ्चनपुर स्थित महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा पोष्टमाटम हुने र अर्का थापा मगरको जोगबुढा स्थित जोगबुढा अस्पतालमा पोष्टमाटम हुने जानकारी प्रहरी कार्यालय डडेल्धुराले दिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।