Amargadhi Post

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी डडेल्धुराले बिमा प्राधिकरणलाई बुझाए ज्ञापनपत्र

अमरगढी पोष्ट समाचार
डडेलधुरा,जेठ,२८ गते । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी डडेलधुराले बीमा क्षेत्रको समग्र विकास र बिमा प्रतिको सचेतना अभियानलाई केन्दीत गर्नुपर्ने भन्दै नेपाल बिमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन । बीमा पेशाकर्मीहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक हित संरक्षणका विविध विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ।

सोसाइटी NIPS का जिल्ला अध्यक्ष गणेशबहादुर साउद तथा सचिव लक्ष्मणदत्त पाण्डेय लगायतको टोलीले नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख केदारनाथ भट्ट समक्ष ज्ञापनपत्र बुझाएका थिए । सुदूरपश्चिमका दुर्गम जिल्लामा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारी, अभिकर्ता तथा बीमा कर्मीहरूका लागि आवश्यक तालिम, अभिमुखीकरण, क्षमता विकास कार्यक्रम तथा व्यावसायिक सुविधाहरूलाई थप प्रभावकारी बनाउन ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ । ज्ञापनपत्रमा बीमा सम्बन्धी आधारभूत तथा उन्नत तालिम सञ्चालन, सम्पत्ति शुद्धीकरण जोखिम व्यवस्थापन, ग्राहक सेवा तथा दाबी व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण, बीमा सचेतना अभियान सञ्चालन, पेशागत विकासका कार्यक्रम तथा जिल्लास्तरीय निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई नियमितता दिनुपर्ने विषयहरू समेटिएका छन्।

कार्यक्रममा प्रदेश कार्यालय प्रमुख केदारनाथ भट्ट ले ज्ञापनपत्रमा उठाइएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल तथा समन्वयका लागि प्रतिबद्धता व्यक्त गरेका छन । यसैगरी बिमा प्राधिकरणले डडेल्धुरा स्थित बिमा कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । बिहिबार डडेल्धुराको मेघा क्लासिक होटलमा आयोजना गरिएको बिमा सम्बन्धी कार्यक्रममा जिल्लामा रहेका अभिकर्ता ऐजेण्टहरुका बिचमा बिमा कार्यक्रम संचालन गर्दा देखिएका चुनौती,सम्भाबना र समस्याहरुका बिषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।