Amargadhi Post

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मल्लसहित तीनजनाविरुद्ध अख्तियारमा उजुरी

हलियाको नाममा आएको करोडौं रकम फ्रिज

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,१३ गते । मुक्त हलिया पुर्नस्थापनाका लागि आएको रकम अन्य शीर्षकमा खर्च गरिएको भन्दै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी पत्रमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मल्ल सहित कार्यपालिका,गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत करुणाकर पन्त र लेखापाल दिलबहादुर ऐरलाई समेत विपक्षी बनाइएको छ । गन्यापधुरा गाँउपालिका वडा नं.३ र ४ का करिब ८४ मुक्त हलिया परिवारको पुर्नस्थापनाका लागि नेपाल सरकारले विनियोजन गरेको २ करोड ४४ लाख ३५ हजार रुपैयाँ भ्रष्टाचार गरिएको उजुरीमा उल्लेख छ ।


गन्यापधुरा गाँउपालिका वडा नं. ३ बस्ने बाजी दमाईसहित ५ जनाले उक्त उजुरी दर्ता गराएका हुन । जिल्ला हुलाक कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा पठाइएको र प्रमुख जिल्ला अधिकारीलाई उक्त उजुरीको बोधार्थ दिइएको मुक्त हलिया बाजी दमाईले बताएका छन । मुक्त हलियाको पुर्नस्थापना कार्यक्रम संञ्चालनका लागि नेपाल सरकारले गाउँपालिकामा बजेट पठाएको र सोही कार्यान्वयनका लागि मालपोत कार्यालय डडेल्धुराले गन्यापधुरा गाँउपालिकाको कार्यालयलाई मुक्त हलिया परिवारको नामावली समेत पठाएकोमा गाउँपालिकाले उक्त रकम अन्यत्र खर्च गरेको उजुरीमा उल्लेख गरिएको छ ।
मुक्त हलिया पुर्नस्थापनाको बजेट आएको विषयमा आफूहरूले २०७६ फागुन ७ गते मात्रै जानकारी पाएको र सोही विषयमा बुझ्न गाउँपालिका कार्यालयमा सम्पर्क गर्दा कुनैपनि कागजातसमेत नदेखाइएको र जानकारीसमेत नदिएको उजुरीमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृत र लेखापालको मिलोमतोमा उक्त रकम गाउँपालिकाको मुलखातामा रकमान्तर गरि २०७६ असार महिनामा विभिन्न फर्जिबिल,योजना र किर्ते कागजात तयार गरि भ्रष्टाचार गरेको उजुरीमा उल्लेख गरिएको छ । उजुरीकर्ताहरुले निजव्यक्तिहरु र गाउँकार्यपालिकाको कार्यालय माथि थप अनुसन्धान गरि भ्रष्टाचारविरुद्धको ऐन बमोजिम कारबाहीको माग गरेका छन । महालेखा परिक्षण कार्यालयले समेत हलियाका नाममा आएको रकम अनयत्र खर्च भएको देखिएको उक्त रकम दाखिला गर्न पत्रचार गरिएको छ । रकमानन्त्रर हुन नसक्ने र मुक्त हलियाहरुले पाउने रकम नदिई अनयन्त्र सञ्चितकोेषमा दाखिला भएको भन्ने जस्तो गैर जिम्मेवार प्रतिकृया आएको गांउपालिकाका राजनितिक अगुवाहरु बताउछन ।
नेकपाका नेता धनबहादुर शाहीले मु्क्त हलियाहरुका नाममा आएको रकम बितरण हुन नसक्नु र रकमानन्त्रर गरेर मुक्त हलियाहरुलाई बञ्चित गर्नु राम्रो कार्य नभएको बताएका छन । यस बिषयमा प्रमुख जिल्ला अधिकारीलाई छानबिनका लागी आग्रह गरेका छौं र पिडितहरुले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिएका छन यसको नतिजा के आउछ त्यसपछि एक्सन गरिने नेता शाहीले बताउनुभयो ।
उता नेकपाका गन्यापधुरा गाउपालिकाका इन्चार्ज गणेश बहादुर सार्कीले मुक्त हलियाका नाममा आएको रकम अन्यत्र खर्च गरिनु भ्रष्टाचार भएको मान्न सकिन्छ । उहाँले भन्नुभयो—कहिले मालपोत कार्यालयबाट मुक्त हलियाहरु ठगिदै आएका छन भने अहिले स्वयम गांउपपालिकाले नै मुक्त हलियाहरुलाई ठगेको यो प्रमाण सबैका सामु छर्ल«ग छ । यस बिषयमा छानबिन गरि दोशी उपर कानुनी कारबाहीको माग गर्दे सार्कीले भन्नुभयो— दलित भएकै कारण मुक्त हलियाहरुको नाममा आएको रकम अन्यत्र खर्च गरेर अपारदर्शिता बनाएको दाबी गर्नुभयो ।
हलियाकागाँउपालिकाले मुक्त हलियाहरुलाई बैंकमा खाता खोल्न र जग्गा खरिद गर्न मौखिक आदेश दिएको र पछि रकम नआएको भन्दै आलटाल गर्न खोजेको आरोप पिडितहरुले लगाएका छन । गत बर्षको असार मसान्तमा मुक्त हलियाका लागी आएको रकम फरफारक गरिसक्नुपर्ने निर्देशिका भएपनि नत हलियाहरुले उक्त रकम पाए नत्र समयमै उक्त रकम सरकारी कोषमा नै जम्मा भएको देखियो । यस बिषयमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले उजुरीका बिषयमा छानबिन भईरहेको बताउनु भएको छ ।
मुक्त हलियाहरुले पाउनुपर्ने रकम किन पाउन सकेनन भन्ने प्रश्नमा उहाँले असारको २९ गते अख्तियारी आएका कारण खर्च गर्न नसकेको प्रारँिम्भक जानकारी प्राप्त भएकाले यस बिषयमा अध्यन गरिरहेको र उक्त रकम रकमान्तर भएको भएपनि ढिलो गरि कोषमा जम्मा भएकाले थप आशंका बढेको हुन सक्ने प्रजिअ पन्तको भनाई थियो ।
ढिलो गरि अख्तियारी आयो त्यसकारण खर्च हुन सकेन ः अध्यक्ष मल्ल


मुक्त हलिया पुर्नस्थापनाको बजेटका विषयमा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले भने नेपाल सरकारको शसर्त बजेट कार्यान्वन हुन नसकेपछि उक्त रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला भएको दाबी गरेका छन । आर्थिक वर्ष २०७५र०७६ को असार २९ गते गाउँपालिकाको खातामा रकम आएको र सोही आर्थिक वर्षमा काम गर्न नसकिने भएपछि गाउँपालिकाको मुलखातामा सारेर राखेको अध्यक्ष मल्लले बताए । मुलखातामा रहेको उक्त रकम महालेखा परिक्षकको कार्यालयको लेखा परिक्षणको प्रारम्भीक प्रतिवेदनको आधारमा आफुहरुले नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिसकेको अध्यक्ष मल्लको भनाई छ । मुक्त हलियाका नाममा आएको रकम बितरण गर्न दुई दिनको समय मात्रै रहेका कारण आफुहरुले उक्त रकम बाड्न नसकी सरकारी खातामै राखेको मल्लको दाबी छ । मुक्त हलियाका नाममा आएको रकममा भ्रष्टाचार भएको भन्नु किमार्थ सत्य होईन मल्लले भने— सरकारी खातामा त्यो पैशा फिर्ता गरिएको छ ।
मुक्त हलियाहरुले आफ्नो नाममा आएको रकम गाउपालिकाले अन्यत्र खर्च गरि आफुहरुलाई बिचल्ली बनाएको भन्दै भेला गरेर आबश्यक छानबिन सहित कानुनी कारबाहीको माग गर्नका लागी स्थानीय मुक्त हलियाहरुको भेला बसेको तस्बिर

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।