अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१४ गते । डडेल्धुराको आलिताल गाँउपालिका– ८ मा निर्माणाधिन डोला चक्रपथ सडक निर्माणका क्रममा वन फडानी भएको घटना प्रती नेपाल कम्युनिष्ट पार्टि नेकपा आलिताल गाउं कमिटीले पनि आज प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ सडक निर्माण कार्यमा निमार्णको ठेक्का पाएको उग्रतारा कन्स्ट्रसन कम्पनि प्रा।लि। र त्यसका प्रोप्राईटरले गाउंपालिका प्रमुख साथै बन कर्मचारीहरुको मिलेमतोमा चरम लाप्रवाहीका कारण वन बिनास गरि सर्वसाधारण नागरिकलाई फसाउने कार्यको भत्र्सना गर्दछौं । सो सडक निमार्णको कार्यमा भएको बन बिनासमा बिभिन्न सँचार माध्यम र सामाजिक सँजालमा नेकपालाई बदनाम गर्ने ढगंले आएका बिभिन्न आरोप प्रति खेद प्रकट गर्दै सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकाय समक्ष माग गर्दछौं । मुख्य दोषिलाई सँरक्षण गर्नका लागी सर्वसाधारणलाई दुख दिने कार्य तत्काल बन्द गरियोस र गिरफतार गरिएका सर्वसाधारण ब्यक्तिहरु लाई तत्काल रिहा गरि मुख्य दोषिलाई अनुसन्धानको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न जोरदार माग गर्दर्छौ
पालिकाले भने शुक्रबार निकालेको विज्ञप्तिमा उग्रतारा कन्टक्सन प्रा।लिले सडक निर्माण गर्ने जिम्मा पाएको र कम्पनिले प्रतिनिधि पात्रका रुपमा मान सिं घर्ती मगरलाई अख्तीयारि प्रदान गरी ठेक्का सम्झौता भई काम अगाडी बढाएको र निज व्यक्तिले मनोमानी ढंगबाट सालका रुखहरु काटेको र यसमा आलिताल गाउंपालिकाको कुनै संग्लनता नभएको स्पष्ट पारेको थियो ।
