Amargadhi Post

नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु, २०१६ संक्रमित थपिए, ५९१४ संक्रमणमुक्त

अमरगढी रैबार सम्बाददाता
काठमाण्डौं,असार,१२ गते । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या आठ हजार नौ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो ।

नेपालमा हालसम्म ६ लाख ३२ हजार ३२६ मा संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमणदर १९।१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टामा चार हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुने संक्रमितको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ । नेपालमा निको हुने दर ९१।९ प्रतिशत छ ।

संक्रमितमध्ये ७३४ जना आइसियू र २२२ जना भेन्टिलेटरमा उपचाररत छन् । आइसियूमा प्रदेश नम्बर १ मा १४५, प्रदेश २ मा २४, बागमतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौजना छन् ।

भेन्टिलेटरमा प्रदेश १ मा ४२, प्रदेश २ मा १, बागमतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा २ र सूदुरपश्चिममा चारजना उपचाररत छन् । होम आइसोलेसनमा ३९ हजार १९९ र संस्थागत आइसोलेसनमा दुई हजार ८२५ जना रहेको मन्त्रालयले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।