Amargadhi Post

डडेल्धुरामा महिला जनपतिनिधीका लागी उद्यमशिलता सम्बन्धी चार दिने तालिम सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,असोज २ गते । डडेल्धुरामा महिला जनप्रतिनिधिहरुका लागि उद्यमशिलता सम्वन्धि ४ दिने तालिम आजबाट सुरु भएको छ ।
‘विकाशको अवरोध जातीय तथा लैङ्गिक बिभेद, नेपालमा सिमान्तकृत महिलाहरुको आवाज तथा अर्थपुर्ण सहभागिता’ पेभ परियोजना अन्तर्गत महिला जनप्रतिनिधिहरुलाई उद्यमशिलता सम्वन्धि ४ दिने तालिम सुरु भएको हो ।

दलित महिला संघ फेडो डडेल्धुराको आयोजना तथा ओम्यान काइन्डको सहयोगमा सञ्चालित तालिम लिन पाउँदा निकै खुशी भएको अमरगढी नगरपालिका ११ का वडा सदस्य गोमती बिकले बताइन ।

कार्यक्रममै नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्वरी वलीले सिकेको सिपलाई सदुपयोग गर्न र व्यवहारमा लागु गर्न गर्न सके तालिमको ओचित्यता पुरा हुने बताउनुभएको छ ।
महिला जनप्रतिनिधिहरुलाई आफ्नो काम कर्तव्यप्रती अझ बढी जानकार गराउँन कार्यक्रम सञ्चालन गरीएको दलित महिला संघ फेडोका कार्यक्रम संयोजक सुनिता गैरेले बताउनुभएको छ । चार दिने तालिममा जिल्लाका अधिकास महिला जनपतिनिधीहरु सहभागी रहेका छन ।
यसअघि पनि दलित महिला संघ फेडो डडेल्धुराले महिला जनप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धी तालिम सञ्चालन गरेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।