Amargadhi Post

नबदुर्गा गाँउपालिकाको वडा नं १ को एमालेको वडा अध्यक्षमा ऐर निर्बाचित

गजेन्द ऐर
डडेल्धुरा,कार्तिक,१२ गते । नेकपा एमाले नबदुर्गा गाँउपालिकाको वडा नं. १ को वडा अधिबेशनले सर्बसम्मत रुपमा स्थानीय नेता तारा सिह ऐरको नेतृत्वमा एकत्तिस सदश्यिय कमिटि चयन गर्दे सम्पन्न भएको छ ।

एमाले जिल्ला सचिबालय सदश्य एबम लोकपिय नेता पेमसिह बोहराको अध्यक्षतामा सम्पन्न भएको उक्त वडा अधिबेशनको पमुख अथिती एमाले डडेल्धुराका सचिबालय सदश्य एबम पचार बिभाग पमुख मानबहादुर साँउद रहनु भएको थियो । अधिबेशनबाट उपाध्यक्षमा जानकी देबी भटट सचिब सन्तोश बहादुर बोहरा,उपसचिब शंकरीदेबी बुढाऐर र पताबबहादुर साँउद रहनु भएको छ ।
यसैगरी सदश्यमा बीरबहादुर बुढाऐर,हरिना देबी बुढाऐर,गुमे सार्की,धौली देबी भुल,लालमनी कामी,कमला देबी ऐर,जयराज ऐर,शंकरराम भुल,उजली देबी लुहार,धौली देबी टमटा,लक्ष्मी देबी कामी,खगेश्वरी बोहरा,गंगा देबी साउद,पुनी देबी भुल,सकराम भुल,तारादेबी साँउद,पेमबहादुर साँउद,गंगा देबी बुढाऐर,मानबहादुर भुल,बहादुर सिह ऐर,कमला देबी लुहार,सरस्वती देबी लुहार,टेक भुल,गुमानी सिह भाट लगायत रहेका छन । यसैगरी अधिबेशनबाट पालिका पतिनिधी समेत छनौट गरिएको छ ।

२० सदश्यिय पतिनिधीमा मन्धरी देबी भटट,कृतबहादुर साँउद,मोहनबहादुर बोहरा,तारा सिह ऐर,केशब सिह ऐर,टेकबहादुर ऐर,बहादुर सिह लुहार,कालुसिह ओली,लोकराज भटट,इन्दबहादुर भुल,बहादुर सिह ऐर,सन्तोश बोहरा,पताब सिह साँउद,जानकी देबी भटट,गौमती भुल,सुरज बिक,पेमसिह साँउद,बहादुर भुल लगायत रहेका छन । निर्बाचित कमिटिलाई बद्याई दिदै कार्यक्रमका पमुख अथिती मानबहादुर साँउदले एमाले जनताको पार्टी रहेको र जनजनको मनमष्तिकमा एमाले नेतृत्वको सरकारले गरेका लोकपिय कामहरुले स्मरण गराईरहने बताउनुभयो ।

एमालेको नेतृत्वमा बनेको सरकारले थालेको बृद्धभत्ता अहिले चार हजार रुपैयामा पुगेको छ भने सुकुम्बासीलाई लालपुर्जाको मालिक बनाउन आयोग गठन गरि पुर्जा बितरणको पक्रियामा पुग्दै गर्दा सरकारलाई देशी बिदेशी शिक्तले ढालेको आरोप लगाउनुभयो । अब आउने स्थानीय तह,पदेश र सघको निर्बाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले नेतृत्वको सरकारले थालेका लोकपिय कामहरु पुरा हुनेमा आफुहरु आशाबादी रहेको साँउदको भनाई थियो ।
नबदुर्गा गाँउपालिकामा आफुलाई एमालेका नेता हौ भन्दै हिडने तर पार्टिको निर्देशन बिपरित गएर आज गाँउ भेला डाकेर अधिबेशनलाई अबरोध सिर्जना गर्ने सडयन्त्र पुर्णतया बिफल हुदै भब्य र सभ्य रुपमा वडा अधिबेशन सम्पन्न भएको जनाएको छ ।

आज डडेल्धुराका ४६ वटा वडा अधिबेशनबाट नया नेतृत्व चयन भएको एमाले डडेल्धुराले जनाएको छ । जिल्लाका ५२ वटा वडाहरु मध्ये ४६ मा वडा अधिबेशन सम्पन्न भएको र बाँकी ६ वटा वडामा यही १४ गते वडा अधिबेशन गरिने एमाले डडेल्धुराले जनाएको छ ।
Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।