Amargadhi Post

डडेल्धुराको अजयमेरूमा अवैध काठ तस्करी

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,कार्तिक १४ गते । डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका–२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फडानी गरेर अवैध काठ तस्करी भइरहेको स्थानीको दाबी छ ।

दाउरा काट्न र काठ चिर्न बन्देज गरेता पनि दोगाड चोर चोर्लेक सडक निमार्ण भैरहेको मौका पारी वन पैदाबार नियम विपरित विक्रि भैरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकार बिहीन रहेको छ।

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सव डिभीजन र वडा अध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिएका छन । सरोकारवाला निकाय उदासीन देखिएका कारणले पनि अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन्।

‘सामुदायिक वनबाट वन कार्ययोजना विपरीत अवैध रूपमा रूख फँडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने।

यता, डिभीजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउनेक्रममा रूख कटान गरेको खबर आएको बताए। टोली गएको छ। उनले भने, ‘प्रतिवेदन आउने वितिक्कै खबर गर्छु।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।