लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक, २४ गते । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधबकुमार नेपालले आगामी निर्वाचन सम्म पाँच दलिय गठवन्धन रहने बताउनु भएको छ ।
डडेल्धुरा जिल्लाको कार्यकर्ता भेलालाई आज सम्वोधन गर्नुहुदै अध्यक्ष नेपालले आगामी निर्वाचन सम्म अहिलेकै पाँच दलिय गठवन्धन बनाएर एमालेलाई पराजित गराईने बताउनुभयो ।
नेकपा हुँदा सुदुरपश्चिम प्रदेश कमिटि सदश्य तथा तत्कालिन एमालेको जिल्ला अध्यक्ष समेत रहनु भएका डा.तारा जोशी सहितका एक दर्जन नेता कार्यकर्ताहरु आज जिल्ला भेलाबाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली बिरुद्ध पाँच दलिय गठबन्धन चुनाब सम्म रहन्छ अध्यक्ष नेपालले भने— चुनाब पछि टर्च बालेर एमाले खोज्नुपर्ने अबस्थाको सिर्जना गछौं ।

मुलुकको पछिल्लो राजनिति र सुदुरपश्चिम प्रदेश सरकार फेरिने बिषयमा संचारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष नेपालले केही प्रतिकृया दिन भने चाहेनन । एमाले बिरुद्ध खरो रुपमा उत्रिनु भएका नेपालले पाँच दलिय गठबन्धनले चुनाबबाट एमालेको देशभर पत्ता साफ गरिने दाबी गर्नुभएको छ । भेलालाई पर्यटन संस्कृती तथा नागरिक उडयन मन्त्री प्रेमबहादुर आले मगर, सुदुरपश्चिम भौतिक पुर्बाधार तथा निर्माण मन्त्री दिर्घ सोडारी लगायतले बोल्नु भएको थियो ।
