निर्धारित समयमै निर्बाचन हुनुपर्ने माग राख्दै अनेरास्ववियु डडेल्धुराले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अमरगढी समाचार
डडेल्धुरा,माघ,१७ गते । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु डडेल्धुराले निर्धारित समयमै स्थानीय,प्रदेश र संघको निर्बाचन हुनुपर्ने माग राख्दै आज जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियुले आज देशभरबाट एकैसाथ सरकारलाई स्थानीय तहको निर्बाचन घोषणाका थप दबाब सिर्जना गर्ने कार्यक्रम अन्र्तगत डडेल्धुराबाट पनि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
संविधानले निर्धारित समयमै निर्बाचन हुन नसके स्थानीय तहका जनप्रतिनिधीको कार्यकाल सकिने भएका कारण बैशाखमै निर्बाचन गर्नुपर्ने कानुनी ब्यबस्था रहेको छ ।
अहिलेको पाच दलिय गठबन्धनका नाममा स्थानीय तहको चुनाब सार्र्ने सडयन्त्र सुरु भईरहेको बेला नेकपा एमालेका २२ जनबर्गिय संगठनहरु चुनाबको पक्षमा ऐक्यबद्धता जनाउदै सरकारलाई चुनाबको मिति घोषणा गनर्् दबाब दिईरहेको छ ।
स्थानीय तहको चुनाब घोषणा नगरि सडक सर्घषका कार्यक्रमहरु सार्बजनिक हुने भन्दै अनेरास्वबियुका अध्यक्ष पुष्कर देउवाद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा चुनाबबाट भाग्ने छुट कसैलाई नभएको भन्दै यथासिघ्र चुनाबको मिति घोषणा गर्न सरकारलाइ माग गरेको छ ।
यसैगरी आजै मानब अधिकार एलाईन्स डडेल्धुराले पनि निर्धारित समयमा चुनाबको मिति घोषणा गर्न माग गर्दे ज्ञापनपत्र बुझाएको छ । एमाले निकट एलाईन्सले चुनाबका लागी बहानाबाजी नगरि तत्काल निर्धार्ति समयमै निर्बाचनको मिति घोषणा गर्न जोडदार माग गर्दछौं संस्थाका अध्यक्ष गणेश कठायतद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा भनिएको छ ।

