अमरगढी रैबार
अमरगढी,भदौं,२८ गते । नेत्रबिक्रम चन्द (बिप्लब)माओबादीका परशुराम नगर इन्चार्ज दमन नेपालीले प्रहरी समक्ष आत्मसर्मपण गरेपछि शुक्रबार धरौटीमा रिहाई भएका छन ।

परशुराम नगरपालिका वडा नं. १० का स्थानीयबासिन्दा एबम माओबादी बिप्लब समुहका जिल्ला कमिटि सदश्य समेत रहेका नेपालीले एक प्रेश बिज्ञप्ती जारी गरि माओबादी पार्टीेमा नबस्ने र राज्य बिरोधी गतिबिधीमा संलग्न नहुनेभनेपछि उनलाई १५ हजार धैरौटीमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले रिहाईको आदेश दिएको छ ।
शान्ति सुरक्षा खलबलाएको र सरकारले प्रतिबन्ध लगाएको पार्टिको परशुराम नगर इन्चार्ज रहेको अभियोगमा नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्बजनिक मुद्धा दर्ता गरेको थियो । गतसात घरमै सुतीरहेका बेला इलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले पक्राउ गरि हिरासतमा लिएको थियो ।
