Amargadhi Post

दुई किलो चरेश सहित दुई जना पक्राउ

डडेल्धुरा– डडेल्धुरामा दुई जनालाई लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भटगाउँका २६ वर्षिय शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका ३८ वर्षिय वीरबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

नेपालीहरुको माहान बडादशैँ तथा तिहारमा हुने अपराधिक जन्य कृयाकलाप लाई कम गर्नै सुरक्षा योजना अनुरुप परिचालित प्रहरीलाई विशेष सुराकिको आधारमा शनिबार प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

बैतडीबाट डडेल्धुरा आउँदै गर्दा दशरथचन्द्र राजमार्गस्थित अमरगढी–७ खस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा भण्डारीले चलाई रहेको से ३ प ४५३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा भण्डारीको साथमा रहेको झोलाबाट ७०० ग्राम चरेस फेला परेको थियो ।

यस्तै गरि अमरगढी–६ भालुमारेका बिर बहादुर बोहराको घरबाटै २ किलो चरेस फेला प्रहरिले फेला परेको हो। दुबै जानाको साथबाट लागुऔषध चरेस शनिबार फेला पारेको भए पनि उनिहरुलाई आईतबार मात्रै प्रहरिले सर्बजनिक गरेको हो ।दुबै जानालाई पक्राउ गरिसकेपछि मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायव निरिक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।