हरेन्द्र साउद
अमरगढी,असोज,२४ गते । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.६ मा रहेको आश्रम (कुटी) मा एक बृद्ध माहात्माको शंकाष्पद अबस्थामा शव फेला परेको छ ।
अमरगढी नगरपालिका, ६ भजनेउटामा रहेको आश्रम,कुटीमा बस्दै आएका ७६ बर्षिया उमाशंकर गिरीको शंकास्पद अवस्थामा शव फेलापरेपछि हत्याको आशंका गरिएको हो ।
उहाँबस्दै आएको कुटीमा शव फेला परेको थियो । शव भेटिएको स्थानमा ढुंगामा रगत भेटिएको र उनको शरिरका बिभिन्न भागमा चोडपटक देखिएपछि हत्याको आशंकामा स्थानीयबासीहरुले पोष्टमाट गराएको छ । मृतकको पोष्टम डडेल्धुरा अस्पतालमा भएको छ । चिकित्सक दशै बिदामा घर गएपछि पोष्टमाटम हुन सकेको थिएन । पोष्ट माटमका लागी एक दिन डडेल्धुरा अस्पतालमा शब राखिएको र सुदुरपश्चिम प्रदेशको क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अबस्थीलाई आग्रह गरेर बोलाएपछि आज उनको पोष्टमाटम भएको प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले जानकारी दिनुभयो । घटनाको बास्तबिक अनुसन्धान भईरहेकाले मृतकको हत्या भएको हुन सक्ने आशंका गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
लामो समयदेखि कुटीमा बस्दै आएका अन्दाजी ७६ वर्षका माहात्मा गिरीमाथी भएको हत्याको बिरोधमा स्थानीय युबाहरुले डडेल्धुरा सदरमुकाममा बिरोध प्रर्दशन समेत गरेका छन ।
माहात्माको हत्या भएको आशंका मात्रै होईन उनको शरिरका बिभिन्न भागमा देखिएको चोटपटकले प्रष्ट पार्छ डडेल्धुरा बहुमुखी क्याम्पसका स्वबियु सभापति जगत महरले भन्नुभयो—एउटा साधु माहात्मा माथीको कुरुर हत्याका अपराधीलाई कानुनको कठघरमा उभ्याउन स्थानिय प्रशासनलाई आग्रह गर्दछौं ।
करिब ४० वर्षअघि दैलेख जिल्लाबाट आएका ति साधु त्यसयताबाट डडेल्धुराको भजनेउटा स्थित कुटीमा बस्दै आएको अमरगढी वार्ड नं. ६ का वडा अध्यक्ष गोबिन्दराज भट्टले जानकारी दिनुभयो ।
कैलालीबाट कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेकाले हत्याको आशंका सबत्र क्षेत्रबाट गरिएकाले अनुसन्धान भईरहेको प्रनाउ न्यौपानेले बताउनुभएको छ ।
