Amargadhi Post

डडेल्धुरा एमालेले भन्यो ः पार्टीका उम्मेदवार बिजयी गराउछौं तर अनाबश्यक भ्रमको पछि नलाग्न सबैलाई आग्रह

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन ९ गते । नेकपा (एमाले) जिल्ला कमिटी डडेल्धुराले पार्टीविरुद्ध भ्रामक प्रचार भइरहेको भन्दै आम कार्यकर्ता र सुभेच्छुक मतदाताहरुको ध्यानाकर्षण गराएको छ । एमाले डडेल्धुराले उम्मेदवार उठाएको छ योग्य र सक्षम उम्मेदवारलाई मतदान गरेर बिजयी गराउछौं तर अन्य दलहरुले भ्रामक फैलाएको भन्दै भ्रमको पछी नलाग्न एक बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदश्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र जिल्ला अध्यक्ष गजेन्द्र शाहीको हस्ताक्षरमा जारी गरिएको प्रेश बिज्ञप्ती मार्फत लोकतान्त्रिक प्रतिस्पर्धाबाट अत्तालिएका केही राजनीतिक दलहरुका ब्यक्तिहरुले भ्रमको खेती सिर्जना गरिरहेका छन उनीहरुबाट साबधानी रहन र पार्टीका उम्मेदवारलाई बिजयी गराउन सकृयता पुर्बक मतदाताका सामु पुग्न आग्रह गरेका छन । विज्ञप्तिमा नेकपा एमाले लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग छ जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सिद्धान्तमा स्पष्ट छ “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यसहित अघि बढिरहेको जिम्मेवार राजनीतिक शक्तिलाई भ्रम पार्नु किमार्थ राजनैतिक इमान्दारिता र लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ ।

 आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा डडेल्धुराबाट प्रत्यक्षतर्फका उम्मेदवार पुर्ब राष्ट्रिय सभा सदश्य एबम जनताका बिच निकै लोकप्रिय नेता चक्रप्रशाद स्नेहीको बिजयीलाई कसैले रोक्न नसक्ने भन्दै बिज्ञप्ती मार्फत जनताका घरदैलो पुगेर मतदाता सामु भोट माग्न नेता कार्यकर्ता पक्तिलाई आग्रह गरिएको छ । एमालेले कसैसंग न सम्झौता गर्छ न सहमती गर्छ आफ्नो उम्मेदवारको बिजयी गराउन सबैदलका नेता कार्यकता र सुभेच्छुकहरुलाई मत माग्ने कार्य जिल्लाभरी तिब्र रुपमा भईरहेको दाबी गरिएको छ ।
जनताको मन जितेर मत लिने काम एमालेबाट हुन्छ भ्रमपुर्ण कार्य प्रति आपत्ती जनाउदै पार्टीको बढ्दो जनमत र विश्वासलाई कमजोर पार्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले लोकतान्त्रिक विधि र स्वच्छ प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाउँदै डडेल्धुरावासी सम्पूर्ण मतदाता, शुभेच्छुक, समर्थक तथा कार्यकर्तालाई कुनै भ्रममा नपरी एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी अत्यधिक मतले विजयी गराउन समेत हार्दिक अपिल गदछौं बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।