लक्ष्मी ऐर
डडेल्धुरा फागुन १३ गते ।डडेल्धुरामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को निर्वाचन सम्बन्धि तयारी अन्तिम चरणमा पुगेको छ ।
बुधबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू सँग निर्वाचनसम्बन्धी गतिविधि तयारी र प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरी जानकारी दिनुभएको हो । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी ९० प्रतिशत तयारी पुरा भएको र मतपेटिका मतपत्रलगायतका निर्वाचनका सामग्रीहरु जिल्लामा आइसकेको र काम तिब्र गतिमा अगाडि बढिरहेको डडेल्धुराका जिल्ला निर्बाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिन भएको छ ।मतदान अधिकृत रसहायक मतदान अधिकृतहरुको अभिमुखिकरण तालिम दिएर मतदान स्थलहरुमा खटाउने तयारी समेत भइरहेको जानकारी दिन भयो ।
निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीबाहेक अन्य कर्मचारी तथा स्वयंसेवक गरी करिब १ हजार २०० जना जनशक्ति परिचालन गरिने बताउन भएको छ । यस निर्वाचनका लागि डडेल्धुरामा जम्मा १०४ मतदानस्थल र १४२ मतदान केन्द्र रहनेछन्। मतदाता विवरणअनुसार जिल्लाभरी ४६ हजार ९ सय ५७ पुरुष र ४६ हजार ४ सय ४६ महिला गरी जम्मा ९३ हजार ४ सय ३ मतदाता रहेका छन । जिल्लामा हाल १ हजार ६८० अस्थायी मतदाता रहेको जानकारी दिइयो। निर्वाचन आयोगकले यसपटक देशभर करिब ९ लाख नयाँ मतदाता थपिएको बताएको छ ।
स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका अन्तर्राष्ट्रिय मान्यताहरू पालना गरी निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त ब्यक्त गर्ने भएको थियो । कार्यक्रममा निर्वाचन सम्बन्धी भ्रम चिर्न, तथ्यमा आधारित रहि सूचना प्रवाह गर्न र निर्बाचनलाई भयरहित बनाउन परिबेक्षकको भुमिका निर्बाह गरिदन सञ्चारकर्मीहरुलाई आग्रह पनि गर्न भएको थियो ।

