लक्ष्मी ऐर
डडेल्धुरा फागुन १९ गते । डडेल्धुरामा मौन अबधी सुरु भएको छ । मौन अबधीमा उम्मेदवारहरुले भोट मागीरहेपनि जमात लिएर भने मतदाता कँहा पुग्न आचारसहिता बाधक बनेपछि एकल रुपमा दौडधुपमा छन ।
२०४८ सालदेखि डडेल्धुराबाट अपराजित रहँदै आएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस अपदस्थ सभापति शेरबहादुर देउवा अहिले निर्वाचनको रेसमा नभएपछि नया उम्मेदवारका बिचमा रोचक प्रतिष्पर्धा बन्ने सम्भाबना रहेको छ ।
पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भएका देउवा पहिलो पटक उम्मेदवार बनेका छैनन । कांग्रेसबाट अहिलेसम्म जित्दै आएको क्षेत्रमा जित्दै आएका देउवा चुनावी मैदानमा नहुँदा अन्य उम्मेदवारहरूमा उत्साहित देखिन्छन ।
कांग्रेसबाट नैनसिंह महर,एमालेबाट चक्रप्रशाद स्नेही,नेपाली कम्युनिष्ट पार्टीबाट मानसिह माल,रास्वपाबाट ताराप्रशाद जोशीका बिचमा तिब्र प्रतिष्पर्धाको सम्भाबना बढेको छ । ‘शेरबहादुर देउवा अन्तिम समयसम्म भए पनि डडेल्धुरामा आउनुहुन्छ भन्ने लागेको थियो तर केही दिन पहिले उहाँ सिंगापुर गएपछि देउवाको समर्थन पनि नभएको संकेत भएको,’ कांग्रेसका एक नेताले भने, ‘देउवाको समर्थन नरहेको देखिँदा कांग्रेसलाई विरासत जोगाउन समस्या देखिएको छ ।’
आइतबार कांग्रेस बीपी नेपाली कांग्रेसमा समाहित भएको छ । देउवा निर्वाचनमा होमिँदा जिल्लाले प्रधानमन्त्री पाउने आशासहित कांग्रेसलाई मत दिने गरेकाहरू यस पटक मत परिवर्तनको पक्षमा रहेका छन् । देउवाले मैदान छाड्दा कांग्रेस कमजोर भएको धेरैले आकलन गरेका छन् । कांग्रेस कमजोर बन्दा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मानसिंह मालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
‘देउवा मैदानमा नहुँदा कांग्रेसले यसअघि जस्तो सजिलै जित्ने अवस्था छैन । त्यसैमा कांग्रेसको विवादले पनि अझै प्रभाव पार्ने देखिन्छ,’ कांग्रेसका एक नेताले भने । राष्टिय सभाका सदश्य स्नेही एमाले भित्रका प्रभाबशाली नेता हुन उनी जनताका बिच निकै लोकप्रिय छन । देउवा नहुँदा आफूलाई निकै सहज भएको दाबी गर्छन् । ‘देउवाले मैदान छाड्नु, कांग्रेसभित्र मतभेद कायम रहनु मैले चुनाव जित्ने आधार हो,’ स्नेहीले भने, विकासप्रतिको अवधारणा, आम मतदातामा देखिएको सहानुभूति र पार्टीप्रतिको लहरका कारण मैले चुनाव जित्नेमा शंका छैन । ‘जनताको सुखदुःखमा म जनतासँगै छु । जनताले मलाई रुचाएका छन्,’ उनले भने, ‘हिजो मैले यही क्षेत्रमा गरेको कामहरूले पनि यस पटक म जित्नेमा छु ।

