लक्ष्मी ऐर
डडेल्धुरा फागुन २२ गते । डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचनको मतगणनाको कार्य बिहान ११ बजेबाट सुरु भएको थियो । डडेल्धुरामा मुख्यतया चारदलका बिचमा हुने भनिएको चुनाबी प्रतिष्पर्धामा रास्वपाका उम्मेदवार डा.तारा प्रशाद जोशीले अग्रता कायमै राखेका छन ।
डडेल्धुराका सातवटा स्थानिय तहहरु मध्ये परशुराम नगरपालिकाबट सुरु भएको मतगणनामा रास्वपाका उम्मेदवार जोशीले २ हजार ८५६ मत लिएर अग्रस्थानमा रहेका छन । उनका निकटत्तम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका नेता नैनसिह महरले १ हजार ६०९ मत प्राप्त गरेका छन । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह मालले १ हजार ५५१ मत लिएका छन ।
यसैगरी नेकपा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेहीले ८ सय ६१ मत लिएका छन । परशुराम नगरपालिकामा रहेका १२ वडा मध्ये अहिले सम्म मत गणना भएका वडाहरु १,२,५,७,८,९,१०,११ रहेका छन । बाँकी गणना हुन बाकी रहेका वडाहरुमा ३,४,६ र १२ नंम्बर वडामा मतगणना भईरहेको छ । जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको छ । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन ।
१४२ वटा मतदानकेन्द्र रहेकोे जिल्लामा सबै मतदानकेन्द्रमा शाीन्तपुर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

