Amargadhi Post

डडेल्धुरामा रास्वपाका तारा जोशीको अग्रता कायमै

लक्ष्मी ऐर 
डडेल्धुरा फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.ताराप्रशाद जोशीले अग्रता कायमै राखेका छन् ।
२२ हजार ७०३ मत गणना हुँदा ८ हजार ९ सय ०९ मतसहित जोशीले अग्रता लिएका छन् । ५ हजार ५ सय ६६ मतसहित नेपाली कांग्रेसका नैनसिह महरले उनलाई पछ्याइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका मानसिह मालले ४ हजार ३ सय ०६ मत ल्याएका छन् भने नेकपा एमालेका चक्रप्रशाद स्नेहीले १ हजार ९ सय ०५ मत ल्याएका छन् । रास्वपाका जोशी निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार महर भन्दा झण्डैं ३ हजार ३ सय ४३ मतले अगाढी रहेका छन । डडेल्धुरामा आज बिहान ७ ः ०० सम्मको मत परिणाम हो । जिल्लाको परशुराम नगरपालिका,आलिताल गाँउपालिका,भागेश्वर गाँउपालिकाको मतगणना सम्पन्न भएको छ भने अहिले नबदुर्गा गाँउपालिकाको मगगणना भईरहेको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनकारी दिएको छ । गणना सम्पन्न भएका तिनै पालिकामा रास्वपाका उम्मेदवार जोशी नै अग्रस्थानमा देखिएका छन ।
जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको थियो । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन । अब मत गणना हुन बाँकी रहेका पालिकाहरु अमरगढी नगरपालिका,अजयमेरु गाँउपालिका र गन्यापधुरा गाँउपालिका रहेका छन । गणना भएको मत मध्ये १२८६ मत भने बदर गएका छन । बदरमतको संख्या निकै ठुलो देखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।