Amargadhi Post

डडेल्धुरामा रास्वपाका तारा जोशीको फराकिलो अग्रता कायमै

लक्ष्मी ऐर 
डडेल्धुरा फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.ताराप्रशाद जोशीले फराकिलो अग्रता लिएका छन । ३८ हजार २३२ मत गणना हुँदा १५ हजार ५२० मत सहित जोशीले फराकिलो अग्रता लिएका छन् । ९ हजार ९ सय ९६ मतसहित नेपाली कांग्रेसका नैनसिह महरले उनलाई पछ्याइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका मानसिह मालले ६ हजार ५ सय ०६ मत ल्याएका छन् भने नेकपा एमालेका चक्रप्रशाद स्नेहीले २ हजार ६ सय १२ मत ल्याएका छन् । रास्वपाका जोशी निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार महर भन्दा झण्डैं ५ हजार ५ सय २४ मतले अगाढी रहेका छन ।
जिल्लाको परशुराम नगरपालिका,आलिताल गाँउपालिका,भागेश्वर गाँउपालिका,गन्यापधुरा गाँउपालिका,अजयमेरु गाँउपालिका,नबदुर्गा गाउपालिकाको मतगणना सम्पन्न भएको छ भने अहिले अमरगढी नगरपालिकाको मतगणना भईरहेको मुख्य निर्बाचन अधिकृत अरुणकुमार कोईरालाले जानकारी दिनुभयो । अब अमरगढी नगरपालिकाको ११ नम्बर वडाको मतगणना सकिएको छ भने अब १० वटा वडाको मतपरिणाम आउने बित्तिकै मतगणना सम्पनन हुने जनाएको छ ।
जिल्लाको कुल मतदाता ९३ हजार ४०३ रहेकोमा ४५ हजार ९०९ मत खसेको थियो । जसमा महिला २५ हजार ३१३ र पुरुष २०५९६ रहेका छन । गणना भएको मत मध्ये २ हजार १२३ मत बदर भएका छन । बदरमतको संख्या निकै ठुलो देखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।