अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन २३ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन्।
उनी १८५४३ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै नेपाली कांग्रेसका प्रकाश स्नेहीले १६३०४ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली काँग्रेसका उम्मेदवार भरत खड्का डोटीबाट बिजयी भएका छन । उनले
७ सय ८७ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपकबहादुर धामीले १४ हजार १ सय १० मत ल्याएका छन । १४ हजार ८ सय ९७ मत ल्यार खड्का विजयी भएका छन् ।


