Amargadhi Post

आइन्स्टाइन पब्लिक स्कुल डडेल्धुराले मनायो १०औँ वार्षिकोत्सव

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन ३० गते । आइन्स्टाइन पब्लिक स्कुल डडेल्धुराले शनिवार आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । । महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्मजयन्तीको अवसर पारेर विद्यालयले सामाजिक सेवा तथा शैक्षिक गतिविधिसहित कार्यक्रम आयोजना गरेको हो।

डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी महेन्द्र माध्यमिक विद्यालय, खलंगाका दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री पनि वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालय परिसरमै आयोजित कार्यक्रममा विज्ञान प्रदर्शनी समेत राखिएको थियो। साथै उत्कृष्ट अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सांस्कृतिक कार्यक्रमबीच प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति विद्यालय परिवारका तर्फबाट प्रिन्सिपल रामप्रसाद अवस्थीले आभार व्यक्त गरेका छन्। बिद्यार्थिकहरुको पठन पाठन सगैं अतिरिक्त शिक्षा दिने उदेश्यले बार्षिक उत्सभब सासकृतिक कार्यक्र गरि भब्यताका साथ दिवस मनाएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।