Amargadhi Post

इनिशा हत्या काण्ड ः दोशी उपर हदै सम्मको कारबाहीको माग राख्दै बिद्यार्थिहरुले बुझाए ज्ञापनपत्र

टेकराज अवस्थी
डडेल्धुरा,चैत २ गते । सुर्खेतकी १६ वर्षिय किशोरी ईनिशा विकको हत्या बिरोधमा डडेल्धुराका विद्यार्थीले सोमबार डडेल्धुरा सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन ।
गुर्भाकोट ५ बडाखोली सुर्खेतकी ईनिशा विकलाई विद्यालय जाँदै गर्दा फागुन २३ गते नर पिपाशुहरुले बलात्कार पछि हत्या गरिएको घटना बिरुद्ध हत्यारालाई “कारवाही हैन फाँसी दे” भन्दै डडेल्धुरामा क्याम्पस तहका विद्यार्थीले बिरोध प्रदर्शन गरि सरकारलाई ज्ञापनपत्र बुझाएका छन । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा डडेल्धुरा बहुमखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको ¥याली क्याम्पस देखि जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर कोण सभा गर्दै घटनाको पारदर्शी, निष्पक्ष र छिटो छानविन, कुनै दबाबा वा धम्की नआउने वातारण सुनिश्चित गरिनु पर्ने, यस्ता अपराधिक घटना नदोहोरिन प्रभाबकारी कानून निर्माण तथा सामाजिक कदम चाल्नु पर्ने, घटनाको प्रगति विवरण समयसमयमा सार्बजनिक गरिनु पर्ने लगायत ५ बुँदै माग राखी सरकारलाई प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईराला मार्फत ज्ञापन पत्र बुझाएका हुन ।


करिब १५० बढि छात्रछात्रा सहभागि रहेको आन्दोलन तथा बिरोध प्रदर्शनमा ईनिसा विक, निर्मला पन्त, भागरथी भट्ट, सम्झना विक लगायत देश भर चलै तथा महिलाहरुमा हुने जघन्य अपराध, घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटनाको चर्को बिरोध गरेका छन ।
साथै दोषिलाई पक्राउ तथा यथाशिघ्र अनुसन्धान गरि एक हप्ता भित्र प्रतिवेदन सार्बजनिक नगरिए जिल्लाका सबै विद्यालयमा पठनपाठन ठप्प पारी कडा आन्दोलनमा उत्रिने चेतावनी समेत स्वबियु सभापति गौरब ऐरले जानकारी दिनुभयो । बलत्कार गरि हत्या गरिएकी इनिशाको सत्य तथ्य छानबिन गरि दोशीहरुलाई फासीसम्मको सजाय दिनुपर्नेमा उहाँले जोड दिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।