अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत ११ गते । डडेल्धुराः प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका नेकपा एमाले डडेल्धुराका उम्मेदवार चक्रप्रशाद स्नेहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचार संहिता अनुसार उनले चुनावी अभियानमा गरेको खर्च विवरण सार्वजनिक गरेका हुन ।
सार्वजनिक विवरण अनुसार स्नेहीले चुनावमा कुल २५ लाख ५ हजार ३० रुपैयाँ खर्च भएको प्रतिबेदन सार्बजनिक गरेका छन । खर्च विवरणमा उम्मेदवार मनोनयन दर्तामा ५ हजार ३० हजार रुपैयाँ, सवारी साधन भाडा तथा इन्धनमा १५ लाख प्रतिबद्धता पत्र छपाई खर्च ५ लाख,खाना आवास लगायतमा ५ लाख गरि कुल २५ लाख ५ हजार ३० रुपैया खर्च भएको जनाएको छ ।
यसैगरी डडेल्धुराका सातवटै स्थानिय तह र ५२ वटै वडामा प्रचार प्रशारका क्रममा उम्मेदवार सहितको टोलीले निर्बाचन अबधीभर भएको खर्चको बिबरण निर्बाचन कार्यालय डडेल्धुरालाई बुझाएको प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले जानकारी गराउनु भएको छ ।


