लक्ष्मी ऐर
डडेल्धुरा,चैत १४ गते । डडेल्धुराको अमरगढी ५ बिद्युत सडक खण्डका एक युबक टुडीखेल मैदान नजिकैको रुखमा झुण्डीएको अबस्थामा फेला परेका छन । स्थायी घर आलिताल गाँउपालिका वडा नं.४ तथा हाल अमरगढी नगरपालिका ५ बिद्युत रोडमा बस्दै आएका ४० बर्षिय पुष्कर बोहराले काफलको रुखमा झुण्डीएर रहश्मय रुपमा आत्महत्या गरेका छन ।
लामो समय देखि बैदेशिक रोजागारीमा कोरिया बस्दै आउनु भएका बोहरा हरेक दिन घरबाट बिहान मर्निग वाकका रुपमा टुडीखेल निस्कने गरेको परिवारजनले बताएको छ । कोरियाबाट घर आएको डेढ दुई महिना भयो उनी बिहानै हरेक दिन मर्निग वाकमा निस्कनु हुन्थ्यो आज अचानक टुडीखेल नजिक रहेको रुखमा झुण्डीएर आत्महत्या गरेका हुन ।
मृतक बोहराका दश बर्षिय छोरी र श्रीमती डडेल्धुरा सदरमुकाम बस्दै आउनु भएको छ । मृतक बोहराकी श्रीमती सम्झना पाण्डेय पत्रकार पनि हुन । घटनास्थल पुगेर पत्रकार पाण्डेयले बिहानै वाकिगमा हिडेको र फर्कन ढिलाई गरेपछि खोजीकार्य गर्दा रुखमा झुण्डीएको अबस्थामा रहेको खबर पाएपछि पुगेको बताउनुभयो । घटनाका बिषयमा प्रहरीले अनुसन्धान भईरहेको जानकारी दिएका छन ।
डडेल्धुरा अस्पतालमा मृतक बोहराको पोष्टमाटम भएको र पोष्टमाटम रिपोर्ट आएपछि थप अनुसन्धान थालनी हुन डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले जानकारी दिनुभयो ।
मृतक बोहरा रुखमा बिहान अन्ताजी ६ बजेतिर झुण्डीएर आत्महत्या गरेको र आत्म हत्याको कारण अहिले नै भन्न सकिने अबस्था नरहेको प्रहरी नायब उपरिक्षक सिहले जानकारी दिनुभएको छ । पछिल्लो समय डडेल्धुरामा आत्महत्याका घटनाहरु बढ्न थालेपनि प्रहरीले सुक्ष्म अनुसन्धान गर्न सकीरहेको देखिदैन । आत्म हत्याका घटना किन बढीरहेका छन त्यसलाई न्युनिकरण गर्न प्रहरीको सकृयता बढनु आबश्यक छ ।


