Amargadhi Post

ओली रिहाइको माग गर्दै सडकमा एमाले

बबरमहल सडकमा धुवाँको मुस्लो, सवारी ठप्प

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत १४ गते । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । माइतीघरदेखि बबरमहल(बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ । कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प छ । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको छ ।
तनावग्रस्त बन्यो बबरमहल क्षेत्र
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले बबरमहल क्षेत्र तनावग्रस्त भएको छ । उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् ।
माइतीघरमा एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी
एमाले अध्यक्ष केपी ओली पक्राउको विरोधमा माइतीघरमा प्रदर्शनमा पुगेका एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी सुरु भएको छ ।
ओली पक्राउको विरोधमा भृकुटीमण्डपमा प्रदर्शन
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । भदौ २३(२४ को घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग
भदौ २३(२४ को घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि भन्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेले माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि आज बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले पक्राउको विरोधमा आजैदेखि प्रतिवाद सुरु हुने बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।