Amargadhi Post

डडेल्धुरामा १० औं स्वास्थ्य बिमा दिवस सम्पन्न

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत २५ गते । डडेल्धुरामा १० औं स्वास्थ्य बिमा दिवस बुधबार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालयको आयोजनामा मनाएको दिवसमा बिभिन्न सरोकारवाला निकायहरुको उल्लेख्य सहभागितामा सम्पन्न भएको हो ।
राज्यको लगानी नागरिकको योगदान,स्वास्थ्य बिमा साँझा अभियान भन्ने मुल नाराका साथ स्वास्थ्य बिमा दिवस मनाएको छ । डडेल्धुरा जिल्लाका ७ वटै पालिकामा यो अभियान संचालन भएको भएपनि स्वास्थ्य बिमा प्रतिको आर्कषणता बढ्दै गईरहेको बिमा बोर्डका सहजकर्ता इन्दिरा ताम्राकारले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका प्रमुख जयसिह साउदको अध्यक्षतामा सम्पन्न भएको उक्त दिवसको प्रमुख अतिथी जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वास्थ्य अधिकृत अमृत बिष्ट रहनु भएको थियो ।
डडेल्धुरा जिल्लामा २०७७ साल देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा ११८४७ परिवार सदश्य रहेको बताईएको छ । कुल बिमितको संख्या ३१,३२९ मध्ये महिलाको सख्या १६,४१६ र पुरुषको सख्या १४९१३ रहेको छ । अहिले उनीहरुले स्वास्थ्य बिमा कार्यक्रमबाट लाभ लिईरहेका छन ।


स्वास्थ्य बिमा कार्यक्रम संग सबैभन्दा बढी अमरगढी नगरपालिका नागरिकहरु जोडीएका छन भने सबैभन्दा कम आलिताल गाँउपालिकाका नागरिकहरु जोडिएको तथ्याक सार्बजनिक गरिएको छ । अमरगढी नगरपालिकामा १४,१८१,परशुराम नगरपालिकामा ४३८६,आलिताल गाँउपालिका १३२८ गन्यापधुरा गाँउपालिकामा ३३५६ भागेश्वर गाँउपालिकामा १४१५ नबदुर्गा गाँउपालिकामा ३९०९ र अजयमेरु गाँउपालिकामा २७५४ रहेका छन ।


एक बर्षका लागी एकाघर भएका पाँचजना सदश्य सम्मको लागी ३५०० रुपैया लाग्ने र थप सदश्य समाबेश गर्नुपरेमा ७०० का दरले रकम लाग्ने ताम्राकारले बताउनुभयो । १ लाख बराबरको स्वास्थ्य उपचार सेवा र २ लाख बराबरको बिमा सेवा सुबिधा समेत प्रदान गरिने कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भएको थियो । डडेल्धुराका तिन ठाउबाट स्वास्थ्य बिमा कार्यक्रमहरु संचालन भईरहेको छ । डडेल्धुरा अस्पताल,जोगबुढा अस्पताल र भद्रपुर आधारभुत स्वास्थ्य चौकीबाट बिमा स्वास्थ्य कार्यक्रम संचालनमा आएको स्वास्थ्य बिमा बोर्ड डडेल्धुराले जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।