लक्ष्मी ऐर
डडेल्धुरा,चैत २७ गते । कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराबाट पहिलो पटक ई–पेन्सन सेवा शुरु भएको छ । ई–पेन्सन सेवा लिन राजधानी धाउनुपर्ने बाध्यताको अनत्य हुदै पहिलो पटक उक्त सेवा जिल्लाबाटै सुरु भएको हो ।
पहिलो सेवा ग्राहीका रुपमा कृषि ज्ञान केन्द्र डडेल्धुराका सेवा निबृत कार्यालय सहयोगी टिकाराम भट्टले सेवा लिएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका कार्यालय प्रमुख दिपेन्द्र ओझाले जानकारी दिनुभयो ।
राष्ट्रिय कितावखाना (निजामति) ले देशभरका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउन काठमाण्डौं धाउनु पर्ने बाध्यताको अन्त्य गर्न इ–पेन्सन सेवा शुरु गरिएको कोलेनिका प्रमुख ओझाले जानकारी दिनुभएको छ ।
‘पेन्सन पट्टाकै कामले अब कर्मचारीहरुले निबृत्त भएपछि किताबखाना धाउनु पर्दैन् ।’ कोलेनिका प्रमुख ओझाले भने, ‘झन्झटिलो र खर्चिलो प्रक्रियाबाट मुक्ती पाईने भएको छ ।’ कर्मचारीहरुले निबृत्त भएपछि पाउने अधिकारपत्र लगायतका संचित बिदा र उपचार खर्च बाफत पाउने सुबिधा कोलेनिकाबाटै भुक्तानी हुने उहाको भनाई थियो । यसरी जिल्लाबाटै सुबिधा पाएपछि निकै राहतको महसुस भएको निबृत कर्मचारीले भटटले बताउनुभयो ।
केही नभएपनि यो कामका लागी काठमाण्डौं जादा आउदा २० हजार खर्च हुन्थ्यो र त्यो बचत भयो अनि समयको पनि बचत भयो उहाँले खुसी ब्यक्त गर्दे सघियताको मर्म र भाबना सम्बोधन भएको अनुभुती गरियो । सरकारको यो कदमको कर्मचारीहरुले खुलेर प्रशसा गरेका छन । निबृृत हुने बितिक्कै काठमाण्डौं जानुपर्ने र कागज प्रक्रियाहरु पुयाउनु पर्ने जुन बाध्यता थियो त्यसको समाधान भएको छ यो राम्रो पक्ष हो ।


