लक्ष्मी ऐर
डडेल्धुरा,चैत २८ गते । डडेल्धुरा जिल्लामा सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमणलाई खाली गराउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उर्दि जारी गरेको छ । संघिय सरकारले सरकारी तथा सार्बजनिक जग्गा जमिन अतिक्रमण गरि प्रयोग गरिरहेको ठाँउहरुलाई खाली गराउन संघिय सरकारले निर्देशन जारी गरेलगत्तैं डडेल्धुरा जिल्ला प्रशासनले पनि शनिबार सार्बजनिक सुचना गर्दे सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ल अधिकारी बिष्णुप्रशाद कोईरालाद्धारा जारी हस्ताक्षरित सुचना मार्फत जिल्लामा रहेको सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचनाहरु यथासिघ्र खाली गराउन आग्रह गरिएको छ ।
सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण गरिएको भए जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुचना दिन आग्रह गर्नुहुदै प्रमुख जिल्ला अधिकारी कोईरालाले सुचनाको अटेरी गरिए कानुन बमोजिम कारबाही हुने बताउनुभएको छ । सरकारको निर्देशनलाई पालना गर्नु हाम्रो दायित्व हो प्रमुख जिल्ला अधिकारी कोईरालाले भन्नुभयो,अतिक्रमण भएका घर जग्गा ठाँउहरु सक्दो चाडो खाली गर्न गराउन सम्बन्धित निकायहरुलाई आग्रह गर्दछौं ।

डडेल्धुरा जिल्ला जिल्लाभरी ब्यापक रुपमा सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण भईरहेका छन तर राज्यका निकाय सम्बेदशिल नहुदाँ यो समस्या बषौं देखि जगडीएर बसेको छ । सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण ब्यक्ति संगैं संघ संस्थाहरुले समेत गरेका छन तर बेलाबखत अवाज उठ्दै आएपनि कार्यान्वय हुन सकीरहेको भने थिएन । डडेल्धुराको जिल्ला सदरमुकाम बागबजार आसपासका क्षेत्रहरुमा ब्यक्ति र संघ संस्थाहरुले अतिक्रमण गरेर घर महल बनेका छन स्थानीय प्रशासनले सुचना जारी गरेर हटाउन खोजेको हो की तर्साउन मात्रै खोजेको यो भने हेर्न बाकी छ ।
डडेल्धुरा सदरमुकाममा सडक फराकिलोका नाममा घरधनीहरुले मुअब्जा लिएपनि सरकारी तथा सार्बजनिक जग्गा अतिक्रमण गरेर ठुलठुला घरहरु बनेका छन तर खाली गराउन सक्ला त यो प्रश्न जनजनको छ ।
हुन त बिगत लामो समय देखि राजनैतिक दलहरुको प्रभाबमा रहेर ब्यक्ति संस्था,समुहले अतिक्रमण गरेर फाईदा उठाईरहेको भएपनि दुई तिहाईको जनमतबाट निर्माण भएको यो सरकारको निर्देशन बमोजिम स्थानीय प्रशासनले खाली गराउन सक्ला त यो भने चासोमा साथ हेरिएको छ ।


