Amargadhi Post

डडेल्धुरामा कृर्षि हाटबजार सगैं बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत,२८ गते । डडेल्धुरामा ब्याबसायिक कृर्षि क्षेत्रलाई प्रर्बद्धन गर्ने उदेश्यले शनिबार कृर्षी हाटबजार सुचारु भएसंगै आज साँस्कृतिक कार्यक्रम गरि मनाएको छ । नववर्ष २०८३ को अवसर पारेर शनिबार हाटबजार स्थलमै कृर्षी उत्पादन तथा बजारीकरण मेला सगैं बृहत सास्कृतिक कार्यक्रम मार्फत शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम” नाम दिइएको उक्त कार्यक्रममा लोक तथा देउडा गीतसंगीतका विविध प्रस्तुति प्रस्तुत गरिएका छन।
कार्यक्रम “हाट बजार सञ्चालन तथा व्यवस्थापन समिति” को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमस्थललाई आकर्षक रूपमा सजाइएको छ भने सहभागीहरूले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको छ ।


शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथी प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बिष्णु कोईराला रहनु भएको थियो कृर्षि क्षेत्रका कार्यालय प्रमुखहरु,संचारकर्मीहरु र कृर्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार लोकेन्द्र ओझाले गर्नुभएको थियो । हाटबजारलाई ब्यबस्थित बनाउनका लागी आगामी दिनमा सबै क्षेत्रको सहकार्य समन्वय हुने बिश्वास ब्यक्त गर्दे कृर्षि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले शुभकामना दिएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।