Amargadhi Post

अमरगढी सरकार भन्छ – ‘ बिद्यार्थि भर्ना नि ः शुल्क र पाठ्यपुष्तक सहुलियतमा ’

लक्ष्मी ऐर
डडेल्धुरा,चैत २९ गते । अमरगढी नगरपालिकाले एक सुचना जारी गर्दे नगरपालिका भित्रका निजी तथा सामुदायिक बिद्यालयका नाममा ११ बुद्धे निर्देशनपत्र जारी गरेको छ । आर्थिक बर्ष २०८३ का लागी नयाँ भर्ना तथा पाठ्यपुष्तक सहुलियतमा बितरण गर्नुपर्ने भन्दै ११ बुद्धे निदैशनपत्र जारी गरेको छ । अमरगढी सरकारले भनेको छ भर्ना शुल्क निशुल्क गर्नुपर्ने र पाठ्यपुष्तक सहुलियत रुपमा बितरण गर्नुपर्ने,संस्थागत बिद्यालयले लिने शुल्क संरचना २०८२ चैत मसान्त भित्र नगरपालिकामा पेश गरिसक्नुपर्ने,परिक्षा नतिजा चैत मसान्त भित्र प्रकाशन गरिसक्नुपर्ने,पाठ्यपुष्तक लिन सिन्डीकेट लगाउन नपाईने बिद्यार्थिहरुलाई पसल तोकेर किन्न नपाईने लगायतका ११ बुद्धे जानकारी गराएको छ ।
नगरपालिकाले जारी गरेको प्रतिबद्धतापत्रको कार्यान्वयन सामुदायिक तथा संस्थागत बिद्यालयले कार्यान्वयन गर्लान त यो भने परिणाममा हेर्न बाकी छ । बिद्यालयले तपशिलका प्रतिबद्धता कार्यान्वयन नगरेको पाएमा कानुनी कारबाही हुने बताएपनि कार्यान्वयन भयो की भएन भनेर अमरगढीले अनुगमनलाई प्रभाबकारी बनाउनुपर्ने देखिएको छ । डडेल्धुरामा रहेको संस्थागत र सामुदायिक बिद्यालयहरुले बिभिन्न नाममा पैशा लिईरहेको गुनासो आएपछि नगरपालिकाले भर्ना अभियान भन्दा अगाढी यो जानकारीपत्र सबै बिद्यालयलाई पठाईसकेको छ । भर्ना शुल्क,मासिक शुल्क,परिक्षा शुल्कमा बिद्यार्थिहरुबाट ठुलो मात्रामा पैशा उठाउने र पाठ्यपुष्तक एक पसलबाट किन्न लगाएर ठुलो कमिशनको खेल हुदा अभिभाबकहरु मर्कामा परेको गुनासोहरु बेला बेला उठ्ने गरेको छ ।

 सामुदायिक बिद्यालयमा बिद्यार्थि कम शिक्षक बढी हुदा पनि बिद्यालय मर्ज अभियान गर्न नसक्दा राज्यको लगानी खेर गईरहेको छ तर सम्बन्धित निकायको यसमा ध्यान पुगेको छैन । संस्थागत बिद्यालयले बिद्यार्थिका लागी उचित पठन पाठनका लागी स्कुल कक्षाहरु,खेलमैदान,बिद्यालयको लाईब्रेरिरी,प्रयोगशाला कक्षहरु ब्यबस्थित छैनन तर पनि राज्यका निकायले अनुमती दिएर बिद्यालयमा संचालन ल्याएको छ यस बिषयमा अनुगमन हुन जरुरी छ । लगानी अनुसारको प्रतिफल बिद्यालयहरुले पछिल्लो समय दिन नसक्नुका पछाडीका कारणहरुको खोजी गर्नुपर्ने र बिद्यालयलाई ब्यस्थित बनाउनुपर्ने र बालमैत्री शिक्षाको अबधारणा ल्याउनुपर्नेमा अभिभाबकहरुको जोड छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।