Amargadhi Post

डडेल्धुरा अस्पतालको निर्णय ः दरबन्दी बिनाका करार सबै कर्मचारीहरु हटाईए

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत ३० गते । डडेल्धुरा अस्पतालमा दरबन्दी बिना हचुवाका भरमा अस्पताल बिकास समितिले कर्मचारी भर्ना गर्दे आएको थियो । २०८३ बैसाख १ गते देखि दरबन्दीमा नरहेका करार कर्मचारीहरुलाई कामकाजमा लगाउन नसकिने भन्दै अस्पताल बिकास समिति र अस्पताल प्रशासनको बैठकले निर्णय गरेर हाजिर नलगाउन भन्दै सार्बजनिक सुचना जारी गरेको छ । अस्पताल बिकास समिति बनेपछि डडेल्धुरा अस्पतालले पटक पटक गरेर आफु निकट र राजनिति दलहरुका भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेर बिबादित बन्दै आएको थियो ।
२०८२ साल चैत ५ गते बसेको अस्पताल बिकास समिति र अस्पताल प्रशासनको बैठकले आन्तरिक श्रोतको अभाब र दरबन्दी बिनाका कर्मचारीहरुलाई २०८३ साल बैसाख १ गतेबाट हटाउने निर्णय गरेपछि सोमबार निमिक्त मेडिकल सुपरिटेण्डेन्टको हस्ताक्षरबाट सुचना जारी भएको छ । डडेल्धुरा अस्पताल बिकास समितिको चरम लार्पवाहीका कारण करारमा कार्यरत कर्मचारीहरुको बिजोग हुने अबस्था सिर्जना भएको छ । अस्पताल प्रशासनले सरोकारवाला पक्षहरुसंगको बैठकहरुमा अस्पताललाई चाहिने दक्ष कर्मचारी भन्दा जागिर खुवाउनका लागी भर्ना गरिएका कर्मचारीहरुबाट अस्पताल संचालन गर्न समस्या आईरहेको गुनासो बेलाबखत आउने गर्दछ ।

 अस्पतालमा प्राबिधिक तथा दक्ष कर्मचारी भन्दा अप्राबिधिक त्यसमै पनि सिप कला नभएका तर पावरका भरमा कर्मचारी भर्ना भएकाहरुबाट अस्पतालले थप समस्या झेल्नु परेको अस्पताल प्रशासन स्विकार गर्दछ । डडेल्धुराका सरोकारवाला पक्षहरुले डडेल्धुरा अस्पताललाई कर्मचारी भर्तिकेन्द्र र दलिय भागबण्डाका आधारमा राख्ने प्रबृतीले अस्पताल थला परेको गुनासो ब्यापक रुपमा उठ्दै आएपनि अस्पताल बिकास समितिले सुने नसुने जस्तो गर्दे आएको थियो ।
केही महिना अघि मात्रै डडेल्धुरा अस्पतालको सेवा प्रतिको असन्तुष्टी र अस्पताललाई कर्मचारी भर्तिकेन्द्रका रुपमा परिणत भएको भन्दै नेकपा बहुमत पक्षधरहरुको समुहले अस्पताल बिकास समितिका अध्यक्ष माथी दुरब्यबहार गरेका थिए । अस्पताल बिकास समितिले आफु निकटका ब्यक्तिहरुलाई करार दरबन्दीमा भर्ना गरिएपनि भित्रभित्र दरबन्दी मिलान गरिएको र आफुहरुमाथी सडयन्त्र भएको हटाईएका कर्मचारीहरुको गुनासो आएको छ ।

 यस बिषयमा अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले दरबन्दी नभएका तर करार कर्मचारीका हकमा अर्र्काे ब्यबस्था नहुन्जेल सम्मका लागी यो निर्णय गरिएको बताउनु भएको छ । दरबन्दी मिलानको प्रक्रियामा छौं करार कर्मचारीहरुको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा थपछलफल गर्नुपर्ने अबस्था छ तर अहिले जे निर्णय भएको छ त्यो अनुसार अघि बढ्नुपर्छ अध्यक्ष ओझाको भनाई थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।