डडेल्धुरा अस्पतालले हटाईएका कर्मचारीको बिबरण दिन किन आलटाल ? अस्पताल बिकास समिति किन गैर जिम्मेवार ?
मानबहादुर साँउद
डडेल्धुरा,बैसाख ३ गते । डडेल्धुरा अस्पतालले चैत ३० गते दरबन्दी मिलान नभएका करार कर्मचारीहरुलाई बैसाख १ गतेबाट हाजिर नगर्न निर्देशन जारी गरेपछि दरबन्दी बिना कार्यरत कर्मचारी को को परे भनेर सर्बत्र चासोको बिषय बन्यो ।
नयाँ बर्षको एक दिन अगाढी मात्रै अस्पताल प्रशासन र बिकास समितिको चैत ५ गते बसेको निर्णयको हवला दिदै सार्बजनिक सुचना जारी भएपछि हटाईएका कर्मचारीमा एकाएक सन्नटा छायो भने अन्य सरोकारवालाहरुले यो घटनालाई गम्भिरताका साथ लिएका छन ।
अमरगढी पोष्टलाई थप समाचारका लागी आबश्यक जानकारी लिनुपरेपछि मौखिक रुपमा अस्पताल प्रशासन र अस्पताल बिकास समितिलाई आग्रह गरिएको भएपनि बेवास्ता गरिएपछि सुचनाको हक अन्र्तगत डडेल्धुरा अस्पतालमा लिखित निबेदन दर्ता गरिएको थियो । निबेदनमा भनिएको थियो,स्थायी दरबन्दी,अस्थायी करार दरबन्दी,बिकास समिति अन्र्तगतको दरबन्दी र दरबन्दी बिना करारमा राखिएका कर्मचारीहरुको बिबरण उपलब्ध गराई दिन अनुरोध गरिएको भएपनि यो समाचार तयार हुदा सम्म जानकारी प्राप्त भएको छैन ।

हटाईएका भनिएका कर्मचारीहरुको बिबरण सार्बजनिक गर्न अस्पताल प्रशासन र बिकास समितिलाई किन समस्या आईपरेको छ ? के का लागी सार्बजनिक गर्न अपठेरो भयो यो बिषय निकै रहश्यमय बनेको छ । बिभिन्न समयमा अस्पतालले आफुखुसी कर्मचारी भर्ना गर्दे जानु र दरबन्दी बिना हचुवाका भरमा कर्मचारी भर्ना गर्नुले यो समस्या निम्त्याएको छ यसको जिम्मेवारी बिकास समितिले लिनुपर्छ की पर्देन यो समस्याको कारक को हो यसको छानबिन हुन जरुरी छ । आर्थिक लेनदेनबाट समेत कर्मचारी भर्ना गरिएको भन्ने ब्यापक जनगुनासाहरु छन अहिले दरबन्दी मिलान हुन नसकेका नाममा कर्मचारी हटाउन लागेपछि अस्पताल बिकास समिति र अस्पताल प्रशासनले निकै समस्या झेल्नु परिरहेको जानकारहरु बताउछन ।
दरबन्दी मिलान हुन नसकेको कर्मचारीलाई बैसाख १ गतेबाट हाजिर नलगाउन उर्दिजारी गर्ने अस्पतालले चैत ५ गते बसेको बैठकको निर्णय सार्बजनिक गर्न वा अस्पतालको वईभसाईडमा राख्न कुन कानुनले छेक्यो यस बिषयमा अस्पतालले प्रष्टाउनका लागी स्थानीयहरुले आग्रह समेत गरिरहेका छन ।

यसै बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आफ्नो ध्यानाकर्षण सहित अस्पताललाई यथासिघ्र बिबरण पठाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृतद्धारा जारी प्रेशितपत्रमा अस्पतालको स्थायी स्वीकृत दरबन्दी, अस्पताल विकास समितिबाट स्वीकृत दरबन्दी तथा करारमा नियुक्त कर्मचारीहरूको विवरण माग गरिएको छ । साथै दरबन्दी बिना नियुक्त गरिएका कर्मचारीहरूको सूची र २०८३ वैशाख १ गतेदेखि हटाइएका कर्मचारीहरूको नामथरसहितको विवरण पनि पेश गर्न भनिएको छ ।
यसैगरी दरबन्दी बिना कर्मचारी किन र कति भर्ना गरियो तथा हाल किन हटाइयो भन्ने विषयमा समेत स्पष्ट खुलाउन प्रशासनले पत्रचार गरेको छ ।


