लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ३ गते । डडेल्धुरामा महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने आचार उत्पादन तथा बजारीकरण सम्बन्धी तालिम आईतबार सम्पन्न भएको छ ।
महिला उद्यमी संघ डडेल्धुराको आयोजना तथा सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा अमरगढी नगरपालिकाका ११ वटै वडा सहित जिल्लाका विभिन्न स्थानीय तहका महिलाहरूको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै सामाजिक विकाम कार्यालय डडेल्धुराका प्रमुख मिनबहादुर लामीछानेले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीपमूलक तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने कृषिउपजलाई प्रशोधन तथा बजारीकरण गर्न सके महिलाको आयआर्जनमा टेवा पुग्ने उल्लेख गर्नुभएको थियो ।

तालिमका सहभागी महिलाहरूलाई अचार उत्पादन, प्याकेकिङ, गुणस्तर व्यवस्थापन तथा बजार प्रवद्र्धनका विषयमा प्रशिक्षण दिइएको थियो । सहभागीहरूले तालिमबाट सिकेको सिपलाई ब्यबहारमा उर्ताने गरि अघि बढ्ने बिश्वास ब्यक्त गरेका छन ।
अमरगढी नगरपालिका ५ की एसु थापाले तालिमले घरमै बसेर आयआर्जन गर्ने प्रेरणा मिलेको बताउँदै स्थानीय उत्पादनको सही बजारीकरण गर्न सके राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गर्नुभयो । महिला उद्यमी संघ डडेल्धुराका अध्यक्ष सिता खड्काले महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले महिला उद्यमी संघ बनाएर कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो । उहाँले महिलाहरुले आर्य आर्जन गर्न सिप मुलक कार्यक्रमहरु सग जोडिएर रोजगारी सिर्जना भईरहेको समेत बताउनुभयो ।घरमा बिक्री बितरण गर्न नसकिएका सागहरु अचार बनाएर बिक्री गर्न सकिने उहाको भनाइ रहेको थियो ।कार्यक्रमको अन्त्यमा सहभागीहरुलाइ प्रमाणपत्र बितरण गर्न भएको थियो।




