लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ५ गते । डडेल्धुरामा सार्वजनिक वित्तीय व्यवस्थापन,बजेट तर्जुमा तथा कार्यान्वयन अभ्यासमा सुधार ल्याउने उद्देश्यले मंगलबार एक दिवशिय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले कार्यान्वयन पक्ष निकै चुनौतीपुर्ण देखिएको बताउनु भएको छ ।
सामुदायिक सदश्य हित काठमाण्डौं र जिल्ला समन्वय समिति डडेल्धुराको समन्वय र सहकार्यमा डडेल्धुराको रातो गुरास रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरुले बित्तिय ब्यबस्थापनमा एकरुपता बजेट तर्जुमा तथा कार्यान्वयको अभ्यासमा देखिएका समस्या र चुनौतीलाई समाधान गरि थप प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्थानियन तहका प्रमुख प्रशासकिय अधिकृत, कार्यक्रम बजेट तजुर्मा समितिका सदस्य सचिव, तथा लेखा अधिकृतहरुको सहभागीतमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख सहजकर्ता नेपाल सरकारका पुर्ब सचिब रेश्मीराज पाण्डे र कार्यत्रम व्यबस्थापक तथा सहजकर्ताअनिरुद्ध न्यौपानेले बित्तिय ब्यबस्थापनको अबस्था,बजेट तर्जुमा तथा कार्यान्वयनको अभ्यास बिषयक कार्यपत्र सहितको प्रस्तुतीकरण गर्नुभएको थियो ।

अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बित्तिय ब्यबस्थापन,बजेट तर्जुमा तथा कार्यान्वयनको अभ्यासको अबस्थाका बिषयमा साझा धारणा र कार्यान्वय पक्षमा देखिएका चुनौती र समस्याहरुको पहिचान गरेर समाधान खोज्नुको बिकल्प नरहेको बताउनु भएको थियो ।
बजेट तर्जुमा गर्दा अबस्था र ब्यबस्थाको पहिचान गरि तर्जुमा गर्नुपर्नेमा जोड दिनुहुदै कर्मचारी र जनप्रतिनिधीहरुले कार्यान्वयन गर्नका लागी सहजीकरण मात्रै गरियो भने चुर्नाैती र समस्याहरु समाधान भएर जाने उहाँको भनाई थियो । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिह भण्डारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सदश्य हित संस्था काठमाण्डौका कार्यकारी निर्देशक रितिमा प्रधानले कार्यक्रमको उदेश्य,चुनौती र समस्याहरुको पहिचान गरेर आगामी दिनका लागी सहजता बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो । बित्तिय ब्यबस्थापनलाई चुस्त दुरुस्त बनाउन नसक्दा चुनौती र समस्याहरु झेल्नुपर्ने भएकाले यसको समाधानका लागी सबैपक्षको साझा धारणा बन्न सक्नुपर्नेमा प्रधानको जोड थियो ।
कार्यक्रमका सहभागीहरु मध्ये स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले बजेट तर्जुमा तथा कार्यान्वयमा राजनैतिक मतभेदहरु सिर्जना हुने भएपछि कार्यान्वयन पक्षमा समस्या आउने गरेको गुनासो गरेका थिए ।

जनप्रतिनिधी र कर्मचारीहरुका बिचमा सकारात्मक सोच र योजना हुन जरुरी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृतहरुले बिधी र पद्धती भन्दा ब्यबहारिक र अबस्था हेरेर कार्यान्वयन गर्नुपर्ने अबस्था सिर्जना हुन थालेपछि कार्यान्वयको अध्यास निकै चुनौती र जटिल बनीरहेको बताउनु भएको थियो । योजना तर्जुमा बाट छनौट भएका योजनाहरुमा कानुनी अड्चनहरु देखा परिरहेका हुन्छन तर तिनीहरुको समाधान गर्नका लागी महिनौं दिन लागेपनि समाधान हुने अबस्था आउदैन त्यसैले योजना तर्जुमा बनाउ्दा घनिभुत छलफल र बास्तबिक योजना छनौट गर्न सकिएमा मात्रै कार्यान्वय पक्ष सबल हुने बताउनु भएको थियो ।
बजेट तर्जुमाका क्रममा स्थानीय आवश्यकता, नागरिकका प्राथमिकता तथा विकासका योजनालाई समेटेर यथार्थपरक बजेट निर्माण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । बजेट कार्यान्वयन प्रक्रियामा देखिएका चुनौती, बित्तिय प्रणाली, कार्यान्वयनको अवस्था, अनुगमन तथा वित्तीय अनुशासनका विषयलाई गम्भिरताका साथ लिन सकिएमा मात्रै परिणाम सुखद आउनेमा जोड दिईएको थियो । कार्यक्रमको संचालन पत्रकार लक्ष्मी ऐरले गर्नुभएको थियो ।




