Amargadhi Post

सुदुरपश्चिम प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड यो पटक डडेल्धुरामा

ब्यबस्थापनको तयारी तिब्र पारिदैं

लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ८ गते । सुदुरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड जेठ १४ गतेबाट डडेल्धुरामा सुरु हुने भएको छ ।
सुदुरपश्चिमको पहाडी जिल्लामा पहिलो पटक हुन लागेको प्रदेश स्तरिय रनिङ शिल्डलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी बिभिन्न उपसमिति गठन गर्दे तयारी हुन लागेको छ ।
जिल्ला खेलकुद बिकास समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बिभिन्न निर्णय गर्दे प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड डडेल्धुरामा नै हुन लागेकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।
प्रतियोगितालाई सम्पन्न गर्नका लागी आवास ब्यबस्थापन,यातायात ब्यबस्थापन,प्रचार प्रशार समिति,अतिथी सत्कार समिति र खेलमैदान ब्यबस्थापन गर्ने गरि उपसमिति गठन गरिएकोे अध्यक्ष ऐरले जानकारी दिनुभयो ।
सुदुरपश्चिमका ९ वटै जिल्लाबाट बिभिन्न प्रतियोगिताका लागी खेलाडीहरु छनौट भईसकेकोले अब हुन प्रदेश स्तरिय खेलबाट राष्ट्रिय प्रतियोगिताका लागी खेलाडी छनौट हुने जनाएको छ । प्रतियोगिता जेठ १४ देखि १६ गते सम्म डडेल्धुराको टुडीखेलमा आयोजना हुने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।