लक्ष्मी ऐर
डडेल्धुरा,साउन २ गते । डडेल्धुरामा भएको जिप दुर्घटनामा परेका सबै घाईतेहरुको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको छ । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शुक्रबार राती करिब तिन बजेतिर अमरगढी नगरपालिका–७ खस्रेखानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका थिए । दुर्घटनामा परेर दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको छ ।
दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा बैतडीको डिलासैनी गाउँपालिकाका–२ का २० वर्षीय चालक अमृत घडेरी घाइते भएका छन । घाईते सबैको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको उपचारमा सलग्न चिकित्सकहरुले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाईतेहरुको उपचार भईरहेको र उनीहरु खतरा मुक्त भएको अस्पतालले जनाएको छ । घाईतेहरु सबै खतरामुक्त रहेको डडेल्धुरा अस्पताल डडेल्धुराका मेसु डा सुधा देबकोटाले जानकारी दिनुभएको छ ।

