राष्ट्रियताका मुद्धा लिएर राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम कमिटी थाल्यो मार्च अभियान
भारतको रबैया बिरुद्ध डडेल्धुरामा प्रदर्शन
अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,मङसिर १२ गते । राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेश कमिटिले भारतको रबैया बिरुद्ध आज डडेल्धुरामा बिरोध प्रदर्शन गरेको छ ।
कालापानी,लिम्पीयाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले मार्चपास अभियान लिएर दार्चुला पुग्ने बताएको छ ।

सुदुरपश्चिमको धनगढीबाट सुरु गरेको मार्च अभियानले डडेल्धुरामा बिरोध सभाको आयोजना गरि भारतले हालै जारी गरेको कालापानी,लिम्पीयाधुरा र लिपुलेक आफ्नो भएको बताएपछि जनमोर्चा भारतीय हस्तक्षेप बिरुद्ध बिरोधमा उत्रिएको हो । कालापानी,लिम्पीयाधुरा र लिपुलेक नेपाली भुमी भएको भन्दै भारतले गलत नक्सा जारी गरेको र नेपालीभुमी अतिक्रमण गर्दे भारतीय सेना राखेको बिरोधमा प्रदर्शनमा उत्रिनु परेको उद्घोष गरेको छ । डडेल्धुराका बसपार्कमा आयोजित बिरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदश्य मनोज भट्टले भारतले गरेको सिमा अतिक्रमित भुमी फिर्ता गराउनुपर्ने र सुगौली सन्धी पुनराबलोकन गर्नुपर्ने बताउनु भएको छ ।
सरकारले भारतसंग बार्ता र संम्बाद मार्फत अतिक्रमित भुमि फिर्ता गराउन पहल चाल्नुपर्नेमा जोड दिदै केन्द्रीय सदश्य भट्टले राष्ट्रियता बिरुद्ध भारतले चालेको कदम सह्य नहुने बताउनुभयो । बिरोध सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदश्य लालबहादुर जाग्री,सुदुरपश्चिम अध्यक्ष नन्दराज भट्ट,नागरिक समाजका अगुवा मानबहादुर साँउद,अखिल छैटौंका केन्द्रीय महासचिब लक्षीराम आर्चायले बोल्नुभएको थियो ।
डडेल्धुराबाट मार्चपास अभियान बैतडीको खोड्पे,पाटन,शाहिलेक बैतडी र दार्चुला सदरमुकाम हुदै कञ्चनपुरको गडार्चाैकीमा पुगेर समापन गरिने कार्यक्रम रहेको बताईएको छ । राष्ट्रिय झण्डा हातमा लिएर मोटसाईकल यात्रामा उत्रिएका राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरु भारतको रबैया बिरुद्ध र आफ्नो अतिक्रमित भुमि फिर्ता गराउन अभियान थालनी गरेको बताईएको छ ।



