Amargadhi Post

बिबिध कार्यक्रमका साथ रेडियो युनिटीको पाँचौें बार्षिक उत्सब सम्पन्न

अमरगढी रैबार संम्बाददाता
डडेल्धुरा,मसिर,२१ गते । डडेल्धुरामा संचालित रेडियो ‘युनिटी बिबिध कार्यक्रमका साथ आफ्नो बार्षिक उत्सब मनाएको छ । रेडियोले आफ्नो बार्षिक उत्सबको अबसरमा डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि सुभारम्भ गरेको थियो भने एकसातापछि डडेल्धुराको खुल्ला मञ्च टुडीखेलमा साँस्कृतिक महोत्सब गरि समापन गरेको छ ।
पाँचौ वार्षिकोत्सवको अवसरमा साता व्यापी कार्यक्रम अन्र्तगत प्रदेश स्तरीय ब्याडमेन्टन प्रतियोगिता,स्लो मोटरसाईकल रेस, हाफ म्याराथुन दौड, अन्र्तर विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगिताका साथ बृहत साँस्कृतिक कार्यक्रम गरि रेडियोको बार्षिक उत्सब मनाईएको रेडियोका स्टेशन म्यानेजर उत्तर बिष्टले जानकारी गराउनुभयो ।
रेडियो संचालक समितिका अध्यक्ष मुकेश भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल रहनु भएको थियो ।
प्रमुख अथिति कर्णबहादुर मल्लले आमसंचार माध्यमहरु निष्पक्ष,तटस्थ र आफ्नो इथिग्समा रहनुपर्ने बताउनुभयो । संचार माध्यमहरु सतही नभई खोजमुलक र बिश्लेषणात्म आफ्ना प्रस्तुतीहरु पाठकलाई पस्कन सक्नुपर्नेमा मल्लको जोड थियो ।


स्थानिय तहहरुमा भईरहेको ब्याप्त भ्रष्टाचार र कुरुती र अन्धबिश्वासलाई हटाउन संचार माध्यमको भुमिका महत्पुर्ण हुनेभएकाले यस तर्फ मिडियाको ध्यान जानु आबश्यक रहेको बताउनुभयो ।
डडेल्धुराका तिनै तहका जनप्रतिनिधीहरुलाई एउटै मञ्चमा राखेर जनताका सवाल जवाफ र डडेल्धुराको बिकास र समृद्धीको बहस चलाउन पत्रकार महासंघ लगायत आम संचारमाध्यमहलाई माननीय सांसद मल्लले आफ्नो मनतब्यमा आग्रह समेत गर्नुभएको छ ।
रेडियोको बार्षिक उत्सबमा आफ्नो शुभकामना मनतब्य राख्नुहुदै पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साँउदले रेडियो युनिटीले आफ्नो बार्षिक उत्सब भब्य र सभ्य रुपमा सम्पन्न गर्न सफल भएकोमा हार्दिक शुभकामना तथा बद्याई ज्ञापन गर्नुभयो ।


आमसंचार माध्यमलाई लाग्ने राजनैतिक आरोपबाट आफुलाई टाढा राख्नसक्नुपर्ने चुनौती रहेको भन्दै अध्यक्ष साँउदले निष्पक्ष र स्वतन्त्र पत्रकारीता आजको आबश्यकता रहेकोमा जोड दिनुभयो ।
जनताको त्याग तपश्या र बलिदानीबाट प्राप्त संघिय लोकतान्त्रिक राज्य ब्यबस्थामा भ्रष्टाचार र कानुनी राज्यको अनुभुती हुन नसकेकोले यसतर्फ मिडियाले कलम चलाउनु अपरिहार्यता देखिएको बताउनुभयो । जहीतही भ्रष्टाचार, बिकासका नाममा बिकृती, कानुनी राज्यको प्रत्याभुती हुन सकेको छैन अध्यक्ष साँउदले भने अब मिडियाहरुले सतही समाचारलाई प्राथमकिता भन्दापनी खोजमुलक,तथ्यपरक र बिश्वसनीयतापरक समाचार पाठकलाई दिनसक्नुपर्नेमा जोड दिनुभयो ।
संचारमाध्यमका प्रस्तुती तथा प्रकाशनहरु औपचारिक मुलक कार्यक्रममा बढी केन्द्रीत समाग्रीहरु पस्कने तालिम,गोष्ठी र उद्घाटनजस्ता सामाग्रीलाई प्राथमिकतामा राख्ने परिपाटीको अन्तगरि अब बिकास उन्मुख पत्रकारीता ,खोजमुलक सामाग्री,अनुसन्धान मुलुक सामाग्री, र तिनै तहहले गरिरहका बिकास निर्माण र आर्थिक बिकृतीहरुको पर्दाफास गरि शुसासन र पारदर्शि समाज निर्माणका लागी सचांरकर्मी र संचारमाध्यमको भुमिका अति आबश्यक देखिएको अध्यक्ष साँउदको भनाई थियो ।
कार्यक्रममा अमरगढी नगरपालिका उपप्रमुख संगिता भण्डारी,प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले शुभकामना मनतब्य राख्नुहुदै आफ्ना प्रस्तुती तथा प्रकाशनलाई मिडियाले निष्पक्ष,स्वतन्त्र बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । मिडिया क्षेत्रहरुलाई अवाजबिहिनहरुको अवाज बन्न सक्नुपर्नेमा शुभकामना राख्नेहरुले जोड दिएका थिए ।


कार्यक्रममा समापन मनतब्य राख्नुहुदै रेडियो संचालक समितिका अध्यक्ष मुकेश भट्टले ४ बर्षको दौरानमा रेडियोले जनताका मुद्धा र जनताको अवाज बुलन्द गर्न सक्यो,सकेन त्यो पाठकलाई मुल्याकन गर्न छोडेको बताउनुभयो ।


आमसंचार माध्यमहरुलाई लाग्ने राजनैतिक र पुर्बाग्रही आरोपलाई रेडियो युनिटीले चिरफार गर्न सक्यो,सकेन त्यो पनि पाठक श्रोताहरुलाई जिम्मा दिन्छौं अधयक्ष भट्टले भन्नुभयो— सकेसम्म निष्पक्ष र स्वतन्त्र मिडिया हाउस बनाउन लागीपरेकाछौं ।
बिकास पत्रकारीता,समाजका बिकृती बिसंगती,अवाज बिहिनहरुको प्रतिनिधीमुलक रेडियो,भ्रष्टाचार ,कुसासन र बिधीकोे शासन स्थापना गर्ने हाम्रो लक्ष्य रहेको भट्टको भनाई थियो । समाजमा रहेका बिकृती बिसंगतीको अनत्य र कलासस्कृतीको जर्गेना,सम्भाबित पर्यटकीय क्षेत्रको बिकास र खोजमुलक र अनुसन्धान मुलुक समाचार सामाग्रीहरु पस्कने लक्ष्य रहेको अध्यक्ष भट्टको जोड थियो ।


६ दिन सम्म सम्पन्न गरेका विभिन्न प्रतियोगीताको पुरुकार तथा प्रमाण पत्र वितरण गरिएको थियो । ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगितामा निरज रावल पहिलो, केपी भट्ट दोस्रो र यमेन्द्र साउँद तेस्रो बिजेता भएका छन । उनीहरुलाइ प्रमाणपत्र र पुरुष्कार हस्तान्त्ररण गरिएको थियो ।


यसैगरी प्रादेशिक ब्याडमिन्टन प्रतियोगितमा भुवन पन्त र निरज सिजापती प्रथम भएका थिए भने भोजराज भट्ट र रोहित अवस्थी द्धितीय भएका छन । उनीहरुलाई प्रमाणपत्र र पुरुष्कार प्रदान गरिएको थियो । यसैगरी खडक शाह र शिद्धराज पाठक तृतीय स्थान हात पार्न सफल भएका छन ।


यसैगरी विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम माउन्टेन मावि बागबजार, द्धितीय, भागवती बोर्डिङ स्कुल र क्याम्ब्रिज पब्लिक स्कुलले तृतीय स्थान हुन सफल भएका छन । यस्तै ‘अब दौडिन्छ युनिटी’ हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका सविन तामाङ पहिलो, सेनाकै नरेशसिंह बोहरा दोस्रो र केशवराज जोशी तेस्रो बिजेता भएका छन । प्रतियोगितामा सहभागी बिजेताहरुलाई प्रमाणपत्र र पुरुष्कार प्रदान गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।