अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा, पुस १६ गते । अमरगढी नगरपालिका डडेल्धुराले सुचना संञ्चार तथा प्रबिधी मन्त्री गोकुल प्रशाद बास्कोटालाई १६ किलोको माला सहित १६ बुद्धे मागपत्र बुझाएको छ ।
भ्रमण बर्ष तथा पर्यटन बर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा आईपुग्नु भएका सरकारका प्रबक्ता बास्कोटालाई आज अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले डडेल्धुराको सम्रग बिकासका मागहरु राखी मागपत्र बुझाएका हुन ।
घुम्न जाँउ अमरगढी नामक अभियानका क्रममा अमरगढी किल्ला,घटाल मन्दिर र उग्रतारा मन्दिर लगायतको पर्यटकीय स्थलको समेत मन्त्री बास्कोटाले अबलोकन गर्दे अमरगढी किल्लाको शिलन्यास समेत गरेका छन । भ्रमण बर्षको उद्घाटन गर्नुहुदै मन्त्री बास्कोटाले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण,सम्र्बद्धन गरि आर्थिक समृद्धी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

भ्रमण बर्षको अबधीमा २० लाख पर्यटक भित्रयाउने सरकारको लक्ष्य रहेको बताउनुहुदै उहाँले तिनवटै तहका सरकारहरु मिलेर प्रचार प्रशार कार्यलाई तिब्रता दिनुपर्नेमा जोड दिनुभयो । सुखी नेपाली,समृद्ध नेपाल बनाउन सरकार लागी परेको बताउनुहुदै मन्त्री बास्कोटाले यो बर्ष पर्यटन र भौतिक संरचना निर्माणको बर्षका रुपमा सरकारले अघि बढाएको बताउनुभयो । नगर प्रमुख ओझाले डडेल्धुरामा एयरपोर्ट निर्माण,सडक,खानेपानी,सिचाई,बसपार्क,खेलमैदान र पर्यटकीय स्थलहरुको पुर्बाधार निर्माण लगायतका महत्पुर्ण योजना सहितको माग राखिएको छ ।
यसैगरि आजै नागरिक समज डडेल्धुराले पनि जिल्लाको सम्रग बिकासका लागी ११ बुद्धे मागपत्र बुझाएको छ । भ्रमण बर्षको उद्घाटनशत्रमा प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री पठान सिह बोहराले जिल्लाको समग्र बिकासका लागी सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संघिय सरकारका माननीय दामोदर भण्डारी,जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट,पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद,उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले शुभकामना मनतब्य राख्नुभएको थियो । भ्रमण बर्षको उद्घाटनशत्रमा एकदर्जन भन्दा बढी बिदेशी पर्यटकहरुको स्वागत गरिएको थियो ।
