Amargadhi Post

डडेल्धुरामा चिसो बढेपछि जिल्ला प्रशासनले बजार क्षेत्रमा बाढ्यो दाउरा

लक्ष्मी ऐर
डडेल्धुरा,पुस,२३ गते । सदुरपश्चिमका पहाडी जिल्लाहरुमा पटक पटक परेको हिमपातका कारण जनजिबन निकै कष्टकर बनेपछि आज जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार क्षेत्रमा दाउरा बितरण गरेको छ ।
डडेल्धुराको मुख्य बजार बागबजार,बसपार्क,तुफाँनडाडा लगायतका चौकहरुमा आगो बालेर जनजिबन सहज बनाउने प्रयत्न जिल्ला प्रशासनले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलको अगुवाईमा आज बिहानै बजार क्षेत्रमा दाउरा बितरण गरिदिएपछि स्थानीयहरुले चौकचौकमा आगो बालेर राहत महसुस भएको बताएका छन । केही दिनयता देखि पटक पटक परेको हिमपातले चिसो अत्यधिक रुपमा बढेको छ ।


डिभिजन बन कार्यालय,सुरक्षा निकायहरुको सहयोगमा आफुले डडेल्धुराका मुख्य क्षेत्रहरुमा सहज रुपमा दाउरा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी राजु प्रशाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो—चिसोका कारण यहाँको जनजिबन निकै कष्टकर बनेपछि दाउरा बितरण गर्न बाध्य भएका हौं । पटक पटकको हिमपातका कारण यहाँका सडकहरु हिलाम्य र चिप्ला भएका छन सहज रुपमा यात्रा गर्न निकै कठिनाई भईरहेको प्रजिअ पौडेलले बताउनुभयो ।


हिमपात हुने बितिक्कै सडक अबरुद्ध हुनेगर्दछ त्यसलाई सुचारु गर्न हम्मे हम्मे हुन्छ प्रजिअ पौडेलले भन्नुभयो— हिमपात सगैं बढेको चिसोले जनजिबन कष्टकर बनेको छ सबैले आफ्नो स्वास्थ्य प्रति ख्याल पु¥याउनुहोला ।


चिसोका कारण निकै कष्टकर बनीरहेको यहाँको जनजिबनमा राहत महसुस गरिएको स्थानीय ब्यपारी दिवाकर पन्तले बताउनसभयो । उहाँले भन्नुभयो— चिसोका कारणले जनजिबन कष्टकर बनीरहेको छ तर आज बिहानै प्रशासनले बितरण गरेको दाउराले राहत पु¥याएको छ । हिमपात पछि बढेको चिसोले सबैभन्दा बढी बिरामी,बृद्ध,बालबालिकाहरु प्रभाबित बनीरहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।